शान्तिकुमारी शाहीको गायन यात्रा : देउडा हुँदै भजनसम्म
काठमाडौँ । विद्यालय पढ्दादेखि नै साधारण देउडाको स्वरमा सुर मिलाउँदै गायन सुरु गरेकी गायिका शान्तिकुमारी शाहीको आज लोकसंगीत क्षेत्रमा स्थापित नाम बनेको छ । कर्णाली प्रदेशको कालीकोटमा जन्मिएर हाल सुदूरपश्चिमको बैतडीलाई कर्मभूमि...