हिमानी शाह गुसी पिस प्राइज इन्टरनेशनल २०२३ द्धारा सम्मानित

हिमानी शाहद्धारा हिमानी ट्रस्ट मार्फत उल्लेख्य मानविय कार्य गरेकोमा फिलिपिन्सको मनिलामा आयोजित बिशेष समारोहका बीच उन्लाई Gusi Peace Prize International 2023 द्धारा सम्मानित गरिएको छ ।

फिलिपिन्सको राजधानी मनिलामा Gusi Peace Prize International द्धारा विस्व शान्ति तथा प्रगतिका लागि बिभिन्न क्षेत्रबाट बिशेष योगदान पुर्याउने ब्यक्ति तथा संस्थाहरुलाई The Gusi Peace Prize प्रदान गर्ने गरिन्छ ।

यो बर्षको यो पुरस्कारका लागि संयुक्त राष्ट्र संघका पूर्व महासचिब बान कि-मून तथा युनेस्कोका पूर्व निर्देशक इरिना बोकोभाको पनि मनोनयन परेको थियो, तर दुबै जनाले यो बर्ष यो पुरस्कार प्राप्त गर्न सकेनन ।

यो बर्ष हंगेरी, मासडोनिया, स्पेन, अमेरिका, इन्डोनेशिया, चीन, स्वीडेन, उजबेकिस्तान, नाइजेरिया, सिरिया, फिलिपिन्स, साउदी अरेबिया, मंगोलिया, लिबरलयान्ड, नेपाल, रसिया, ग्रिस र भियतनाम गरी १९ देशका २० बिशेष ब्यक्तिहरुले यो पुरस्कार प्राप्त गरेका छन । यो बर्ष अमेरिकाका २ जनाले यो पुरस्कार प्राप्त गरे भने लिबरलयान्डका रास्ट्रपतिले ।

राष्ट्रिय गरिमायुक्त यस्ता समाचार संप्रेषण गर्नमा कसैद्धारा पनि कन्जुस्याइं गरिनु हुन्न ।

श्रोत: लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठ (@Ramkshrestha) को फेसबुक पेज ।

https://www.facebook.com/photo/?fbid=907120930978640