गुल्मी सेवा समाज ओमान द्वारा पेन्टिङ हस्तान्तरण

टुक बहादुर रामदाम (मस्कट ओमान)

गुल्मी सेवा समाज ओमान द्वारा दुतावास ओमानलाई पेन्टिङ हस्तान्तरण गरेको छ । ओमानका  महामहिम  राजदुत श्री डोरनाथ अर्याल ज्यु , द्वितीय सचिव श्री विशेष कुमार साह ज्यु , श्रम सहचार्य श्री गोबिन्द आचार्य ज्यु  साथै श्री रमेश अर्याल ज्युलाई गुल्मी समाजका ओमानका अध्यक्ष श्री सुर्य पन्थी ज्यु , सस्थापक अध्यक्ष श्री घनश्याम भण्डारी ज्यु, पुर्व अध्यक्ष श्री दुर्गा प्रसाद ढकाल ज्यु, कोषाध्यक्ष श्री ठाकुर प्रसाद डम्मपाल ज्यु, सल्लाहकार श्री चिन्तामणी पाण्डेय ज्यु  भेष बहादुर कुंवर ज्यु लगायतले राजदुतावासको प्राङ्गणमामै बिषेश भेट गरी पेन्टिङ हस्तान्तरण गर्नुभएको हो ।

पेन्टिङ हस्तान्तरणको बिषेश भेटको अवसरमा दुई पक्षीय सहयोग तथा आपसी हितका बिभिन्न विषयहरूमा छलफल हुनुको साथै उक्त पेन्टिङलाइ महामहिले मन पराइ सोचे भन्दा राम्रो पेन्टिङ बनाउनु भएछ भन्दै खुसी व्यक्त गर्दै उक्त पेन्टिङ दुतावास कार्यकक्षमै राखिने सहमति भयको छ।

सो अवसरमा गुल्मी सेवा  समाज ओमनका  अध्यक्ष श्री सुर्य पन्थीज्युले गुल्मी क्षेत्रको पहिचानगरी भौगोलिक बनावट वातावरण, वनजङगल प्राचीन मठ मन्दिर, गुफा, ताल ,पोखरी, प्राकृतिक सम्पदा तथा कला साँस्कृतिक  सम्बर्द्धन एवं संरक्षण  विभिन्न क्षेत्रको विकास योगदान पुराउने गरि नेपाल भित्र रहेको प्राकृतिकले भरी भराउ सुन्दर जिल्ला  र गुल्मेलीहरुको  पहिचान हुनेगरी  उक्त  पेन्टिङ ओमनका राजदुत महामहिम श्री डोरनाथ अर्याल ज्युलाई  उपहार स्वरुप हस्तान्तरण गरिएको बताउनु भएको छ।

उक्त पेन्टिङ ग्रहण गर्दै महामहिम राजदुत  डोरनाथ अर्याल खुसी हुदै  सोचे भन्दा पनि उत्कृष्ट  पेन्टिङ हेर्दा गुल्मी क्षेत्रको पहिचान हुनेगरी  बनाउनु भएछ  भन्दै धन्यवाद, व्यक्त गर्नु भएको थियो । उक्त पेन्टिङ गुल्मी सेवा  समाज ओमानद्वारा उपलब्ध गराइएको  पेन्टिङ डिजाइनर आदरणीय मित्र पत्रकार, शिक्षक ,समाजसेवी श्री प्रकाश ढकाल ज्यु साथै उत्कृष्ट ( दिलमा बस्ने ) देशकै एकमात्र तिनमुखे पुल ,सत्यवति माइकोमन्दिर ,श्रीङी ऋषिको तपोभुमी रेसुङाको मन्दिर सहित मनमोहक लाग्ने  पेन्टिङ बनाउनुहुने आदरणीय मित्र पोखरा बस्दै आउनु भएका  ( पेन्टर ) श्री दुर्गा केसि ज्युलाइ समाजको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्नु भएको छ । नेपालमा बनेको पेन्टिङ  ओमान सम्म  ल्याउनु हुने समाज का सदस्य श्री हरि पौडेल ज्यु र पेन्टिङ  बनाउन को लागि सम्पुर्ण गृह कार्य  गर्नुहुने  पुर्ब अध्यक्ष श्री दुर्गा प्रसाद ढकाल ज्यु लाई विशेष धन्यबाद साथै पेन्टिङ बनाउन जुट्नुहुने सम्पुर्ण सहयोगी गुल्मेली दाजुभाइलाई तथा दिदिबहिनी हरुलाई समाज का अध्यक्ष सुर्य पन्थि तथा समाजको तरफ बाट हार्दिक धन्यवाद व्यक्त गर्नु भयको छ।