मेलबर्नमा Made in Nepal Expo 2024 Australia आयोजना गरिंदै

सांस्कृतिक बिबिधताका दृष्‍टिकोणले विस्वमा नै धनी देशका रुपमा परिचित नेपालका परंपरागत हस्तकला पनि नेपाललाई चिनाउने महत्वपूर्ण माध्यम हो । नेपालका हरेक जातीका आ-आफ्नै किसिमका अत्यन्तै आकर्षक र बैभवशाली हस्तकला छन । र, हरेका जात जातीका हस्तकलामा महिलाहरुको सहभागिता अत्यधिक देखिन्छ ।

नेपालका परंपरागत हस्तकलाको प्रदर्शन र प्रबर्द्धन मार्फत नेपाललाई चिनाउने उद्धेस्यका साथ अस्ट्रेलियाको मेलबर्नमा Made in Nepal Expo 2024 Australia आयोजना गरिंदैछ मेलबर्नको 495 Lygon Street, Brunswick East मा यही २७ अप्रिल का दिन बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म र कार्यक्रम आयोजना गर्दैछ Nepco Entertainments ले । कार्यक्रमको नारा रहेको छ “Experience Nepal on a Plate: Where Flavor Meets Tradition!”

बिशेषत: नेपाली महिला उद्यमीहरुलाई प्रोत्साहन गर्ने अभिप्रायले यो कार्यक्रम गर्न लागिएको बताउँछिन यही कार्यक्रमका लागि नेपालदेखि आउने महिला उद्यमी रचना श्रेष्ठ । उन्का अनुसार विस्व पर्यायवरण र स्वास्थ्य जस्ता संबेदनशिल बिषय जुन किसिमबाट उठिरहेको छ विस्वभरी त्यस्लाई पनि मध्यनजर गर्दै हाम्रा परंपरागत हस्तकलामा पर्यायवरण मैत्री सामग्रीहरुको प्रचुर उपयोग गरिएको र यस्लाई अझ बढी मात्रामा निरन्तरता दिने जानकारी दिनु पनि यो कार्यक्रमको उद्धेस्य हो ।

कार्यक्रमको सफलताको शुभकामना!

श्रोत: लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज ‘इनास’ का विस्व सल्लाहकारको फेसबुक पेज https://www.facebook.com/Ramkshrestha।