मिस्टर एण्ड मिस एसईई फेसानिस्टा सिजन २ को दोस्रो अडिसन सम्पन्न

काठमाण्डौं । राईजिङ क्रियसन ईभेण्ट म्यानेजमेण्टले मिस्टर एण्ड मिस एसईई फेसानिस्टा सिजन २ को दोस्रो अडिसन सम्पन्न गरेको छ । उक्त अडिसन मङ्गलबार काठमाण्डौ सिटी सेण्टर स्थित टिटिएफसीमा सम्पन्न भएको हो ।

टेलिभिजन कार्यक्रम प्रस्तोता तथा निर्देशक सरोज ओझासहित मोडलहरु दिपक घिमिरे, शेखर सुवेदी, निलम पौडेल, श्रृसा खडका र अनुशा मैनालीको निर्णायक मण्डलले अर्को चरणका लागी प्रतिस्पर्धीहरु छनौट गरेका हुन । यस दोस्रो अडिसनबाट कुल १६ जना छनौटमा परेका छन भने पहिलो अडिसनबाट २५ जना छनौट गरिएको थियो ।

कार्यक्रममा सहभागी हुन पाउँदा प्रतिस्पर्धीहरु उत्साही रहेको पाईएको इभेण्ट कोअर्डिनेटर सन्ध्या श्रेष्ठले बताईन । आईरन गेट मानिने एसईई दिएर बसेका विद्यार्थीहरुको पेजेण्ट यस शोका विजेताहरुले नगद ५० हजार सहित करिब ५ लाखसम्म पुरस्कार जित्ने आयोजक कम्पनी राईजिङ क्रियसन ईभेण्ट म्यानेजमेण्टले जनाएको छ ।