डा राजु अधिकारी गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरस्कारद्वारा सम्मानित

अष्ट्रेलिया निवासी वैज्ञानिक एबं गैरआवासीय नेपाली संघका सीप, ज्ञान तथा नव प्रवर्तन विभाग अन्तर्गतको नेपाल साइन्स फाउन्डेशनका संयोजक डा राजु अधिकारी गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरस्कारबाट सम्मानित भएका छन । स्वदेश तथा विदेशमा विज्ञान तथा प्रविधिको विकासमा निरन्तर लागि सीप, ज्ञान र नवप्रवर्तन कार्यमा संलग्न भई योगदान पुर्याए बापत उनी सो पुरस्कारबाट सम्मानित भएका हुन ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)द्वारा स्थापित सो पुरस्कारबाट सम्मानित हुने डा अधिकारी पहिलो गैरआवासीय नेपाली हुन ।

नास्टद्वारा आयोजित एक समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालद्धारा प्रदान गरिएको सो पुरस्कार ग्रहण गर्न डा अधिकारी उपस्थित हुन नसकेका कारण एनआरएनएका प्रमुख कार्यकारी अधिकृतले डा अधिकारीको तर्फबाट पुरस्कार ग्रहण गरेका थिए ।

स्वास्थ्य, कृषि, विद्युत प्रवाहकिय, खाद्य पदार्थ आदिमा आवश्यक पर्ने नविन प्रकारका वातावरणमैत्री प्लास्टिक पदार्थहरुको विकास गरी पेटेन्ट तथा वैज्ञानिक प्रकाशनद्वारा नविन प्रविधि विकास गर्नुका साथै विदेशमा रही नेपाल साइन्स फाउन्डेशन ट्रष्ट लगायतका संस्था मार्फत संसारभरका वैज्ञानिक समुदायलाई नेपालका विश्व विद्यालय तथा प्रज्ञा प्रतिस्ठान र अनुसन्धान केन्द्रहरुसंग जोडेर नेपालको विज्ञान तथा प्रविधिको विकासमा उन्को महत्वपूर्ण योगदान रहेको छ ।

डा अधिकारी हाल अष्ट्रेलियाको सीएसआइआरओ र RMIT विश्वविद्यालय प्रमुख अनुसन्धान वैज्ञानिकको रुपमा कार्यरत छन र उन्का २६ ओटा पेटेन्टहरु दर्ता छन भने एक सयभन्दा बढी अनुसन्धानात्मक सामाग्री प्रकाशित छन । डा अधिकारीले विकास गरेको पोलिमर मुटुको भल्भमा पनि परिक्षण गरिएको छ ।

डा अधिकारीले सन १९८७ देखि १९९१ सम्म तात्कालिन शाही नेपाल विज्ञान तथा प्रविधि प्रतिस्ठान (नाष्ट) को केन्द्रीय अनुसन्धान प्रयोगशालाको पहिलो प्रमुखको रुपमा पनि काम गरेका थिए । गैरआवासीय नेपाली संघले प्रवासमा रहेका वैज्ञानिक प्रतिभाहरुको सीप र क्षमता नेपालको विकासमा उपयोग गर्ने उद्धेस्यले गठित सीप, ज्ञान तथा नव प्रवर्तन (SKI) कमिटिमा उन्को महत्वपूर्ण भूमिका छ लामो समयदेखि ।

बिज्ञान र प्रबिधिका क्षेत्रमा डा अधिकारीले पुर्याएको उल्लेखनिय योगदानका लागि उनी अन्तराष्ट्रिय पुरस्कारका लागि पनि योग्य ब्यक्ति हुन, तर यस्मा मैले आफूले सक्दो जुन किसिमले सहयोग गरें त्यसरी नै एनआरएनएले संस्थागत रुपमा र अन्य नेपालीले पनि सहयोग गरेका भए उनी अन्तरराष्ट्रिय पुरस्कार पनि प्राप्त गरिसकेका हुन्थे । जे होस, देशका तर्फबाट भए पनि उन्ले बिज्ञान र प्रबिधिको क्षेत्रमा गरेको लामो समयको महत्वपूर्ण योगदानको लागि प्राप्त गरेको सम्मानको लागि हार्दिक बधाई ।💐💐💐💐

श्रोत: लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठको फेसबुक