स्कटल्याण्डमा मनाइयो म्ह्: पुजा, नेपाल संवत् ११४४

पासा पुचः गुथि यूके स्कटल्याण्डले नयां वर्ष नेपाल संवत् ११४४ मनाएको छ। गत १३ गते नोभेम्बरका सोमबार एडण्वरा स्थित हिमालयन सेन्टर हलमा आयोजित म्ह्: पुजा, नेपाल संवत् ११४४ कार्यक्रम नेपाल स्कटल्याण्ड एसोसिएसन तथा हिमालयन सेन्टर को सहयोगमा भब्यतका साथ सम्पन्न भएकोछ।
पासा पुच गुथि यूके स्कटल्याण्डको नेतृत्वमा भएको भिन्तुना र्‍याली र्सगै औपचारिक कार्यक्रम शुभारम्भ भएको थियो। उक्त र्‍यालीलाई नेवारी पहिरनमा सजिएर साना साना नानीहरू तथा महिला दिदीबहिनीहरु द्वारा स्वागत गरिएको थियो। उक्त र्‍यालीमा सम्पूर्ण अतिथीहरु लगायत सम्पूर्ण आदर्णिय स्थानीय स्कटल्याण्ड बासी तथा नेपाली दाजुभाई दिदीबहिनीहरू को सहभागी रहेको थिए। धिमे बाजा (ज्याफु बाजा) मा Baikuntha maharjan, Radha Prajapati, kumar shrestha रहेका थिए।
सो अवसरमा नृत्य गुरू चरण प्रधान द्वारा उपत्यकामा प्रचलित सांस्कृतिक नाच मञ्जुश्रीको बेजोड नृत्य प्रस्तुत गरिएको थियो।
कार्यक्रमलाई नृत्य गुरू चरण प्रधानले सुरूवात गर्दै म्ह्:पुजा कार्यक्रमको बिषेशताको बारेमा स्थानीय बासिन्दा रेमण्द कोलीन द्वारा सम्पूर्ण उपस्थित अतिथिहरूलाई बताएका थिए। त्यसपश्चात सकिला मानन्धरले म्ह्:पूजाको प्रक्रिया बिधिपुर्वक बिस्तारमा बुझाउँदै कार्यक्रम अघि बढाइएको थिए। साथै उक्त कार्यमा उपस्थित अग्रज तथा स्वयंमसेवक साथीहरूको सुझाव, सरसल्लाह अनुसार पुजा बिधि अगाडि बढाइएको थियो। कार्यक्रममा धिमे बाजा (ज्याफु बाजा), मञ्जुश्री नृत्यसहित म्ह्: पूजाको मण्डप र यसको सजावट प्रमुख आकर्षण बनेको थियो।

कार्यक्रममा अतिथिहरू एनआरएनए युकेका उपाध्यक्ष मनिष खत्री, एनआरएनए स्कटल्याण्ड अध्यक्ष दिवाकर पाण्डे, एनआरएनए युकेका निवर्तमान उपाध्यक्ष मोहन कार्की लगायत बिशिष्ट व्यक्तित्वहरू, व्यवसायीहरू, सामाजिक अभियन्ताहरूको सहभागीता रहेको थियो।

नेपाली बिशेष गरेर नेवारी संस्कृतीलाई प्रबर्धन गर्दै बेलायतमा रहेका हाम्रा भावी सन्ततीहरुमा पनि नेपाली परम्परा हस्तांतरण गर्ने उदेश्यले आयोजना गरिएको नेवाः भोय सबै लोकल तथा स्थानीय हरूको ऐकबद्दता र सहयोगमा सम्पन्न भएको छ। परम्परागत डेकोरेशन बिशिष्ट रहेको थियो।
यस कार्यक्रम लाई सफल गरीदिन हुने सम्पुर्ण आदर्णीय पास: पुच गुठी स्कटल्याण्ड समुह:
Bijay Dongol, Charan Pradhan, Baikuntha Maharjan, Sakila Maharjan, Rada Prajapati, Govinda Ram Kandel, Kamala Shrestha, Sohit Dykes, Ashok Dongol प्रमुख अतिथि, स्थानीय तथा नेपाली दाजु भाई/दिदी बहिनीहरू, स्वयंमसेवक साथीहरू,
Dr Mark Watson, Head of flora of Nepal.
Botanical Garden, Remond, Minu shrestha, Binda Shrestha, Mandira Maharjan, Chandika Dongol, Kumar Shrestha, Sharmila Gupta, Juna Bhandari, Tikaram kharal, Sabin Shrestha, Bhawesh Pradhan, Bhupal karki, Manish Khatri, Shashi karki, Moti kharal And all local and Nepali participants family

प्रायोजकहरू:
Kamal Basnet (Namaste Kathmandu Restaurant), Diwakar panday (NRNA Scotland, Chair), Tikaram Kharel and Sagar Bhandari (Bay Leaf Restaurant), Kashiram Bhandari (Simla Palace Restaurant), Mohan Karki (former NRNA UK Vice-chair), Bhola Khanal (Everest Inn Restaurant, Perth) तथा खानाको Aroma restaurant का कृष्ण थापा तथा सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद दिएका थिए।
सहभागीलाई नेवा भोज उपलब्ध गराइएको उक्त कार्यक्रममा पासा पुचः गुथि यूके स्कटल्याण्डका अध्यक्ष बिजय डंगोलले धन्यवाद दिंदै कार्यक्रम समापन गरेका थिए।