गगन थापाको काम छैनः गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपाली कांग्रेसका महामन्त्री गगन थापा प्रवृत्तिको काम नभएको टिपप्णी गरेका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा नेता बास्कोटाले भने,‘अर्काको खेतमा मलजल र गोडमेल गर्ने अनि आफ्नो भकारी भरिएन भनेर गुनासो गर्ने गनगने प्रवृत्ति काम छैन ।’

उनले कुनै समय फुटबलमा रोचक मानिएको स्पेनको टिकीटाका स्टायल हराए जस्तै नेपालका वामपन्थी पार्टीहरूमा वाम एकताका स्वर पनि हराउन थालेका टिप्पणी गरे ।

उनले कहीँ जनमत र केही हर्कतबाट कांग्रेस ठूलो भएको बताए ।

छोरी जन्मिए बैंक खातामा पाँच हजार नगद उपहार
मध्यविन्दु,१८ मङ्सिर । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले छोरी जन्मिए पाँच हजार नगद सहितको बैंक खाता उपहार दिन थालेको छ । गाउँपालिकाले ‘हाम्रो छोरीको सुनौलो भबिष्य’ कार्यक्रममार्फत् छोरी जन्मिए रू पाँच हजार बैंक खातामा जम्मा गरिदिने कार्यक्रम सञ्चालन गरे अभिभावकहरु शिशुको नामाकरणपछि बैंक खाता खोल्न जुट्ने गरेका छन् ।

गाँउपालिकाले आर्थिक वर्षदेखि २०७८/७९ देखि लागू गरेको कार्यक्रममार्फत् छोरी जन्माउने अभिभावक खुसी हुदै गाउँपालिका र बैंक जाने गरेका छन् । गाउँपालिकाले एक जना बालिकाको खातामा नगद पाँच हजार जम्मा गरी अभिभावकलाई समेत कम्तीमा पाँच हजार रूपैयाँ जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । बचत रकम उच्च शिक्षा अध्ययनका बेला उपयोग गर्ने योजना बनाइएको हु्प्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले बताउनुभयो ।

संजोग कोइराला र वर्षा राउतलाई ‘चखेवाको जोडी’ भनिन्छ । एकअर्काप्रति प्रेम, विश्वास, सहयोगी, समझदारी भावनाका कारण धेरैका लागि यो जोडी उदाहरणीय बनेको छ । तर, गत वर्ष उनीहरुको सम्बन्ध बिग्रिएको खबरले ठूलै भूकम्प ल्याएको थियो ।

फिल्म ‘के घर के डेरा’ रिलिजको बेला वर्षाले श्रीमानसँग ठूलो झगडा परेको भए पनि अहिले सम्बन्ध राम्रो रहेको बताएकी थिइन् । परालको आगो झैं वर्षा र संजोगको झगडा साम्य भएसँगै उनीहरु सार्वजनिक कार्यक्रमहरुमा एकसाथ देखिन थालेका छन् ।

यसै साता अभिनेता सलोन बस्नेत र करिश्मा केसीको मेहेन्दी, विवाह र रिसेप्सन पार्टीमा उनीहरु साथमै पुगेका थिए । रिसेप्सन पार्टीमा नवविवाहित जोडीलाई बधाई दिन मिडियाको क्यामेरा अगाडि उभिँदा यो जोडीलाई पत्रकारबाट नियमित झैं बच्चाको प्रश्न तेर्सियो ।

तर, दुवैले बच्चाको प्रश्न सुन्न र जवाफ दिन रुचि देखाएनन् । संजोगले अब फेरि यही प्रश्न नगर्न आग्रह नै गरे । तद्यपि, उनले उत्तर नदिइ सुःख पाएनन् । अनि, कुटनीतिक शैलीको जवाफ दिँदै उनले भने, ‘विधिको विधानमा लेखेको हुन्छ रे । जे लेखिएको हुन्छ, त्यही नै हुन्छ ।’

वर्षाले भने बच्चाको प्रश्नमा ‘हेरौं’ भन्दै हाँसेर टारिन् । विवाहदेखि नै यो जोडीलाई बच्चाको प्रश्नले छाडेको छैन ।संजोगले सलोन र करिश्मालाई वैवाहिक जीवनको शुभकामना दिँदै गर्दा एउटा वाक्य फुत्काए, ‘धेरै कन्ट्रोभर्सी नहोस् ।’ यो कुराले वर्षा रात्तोपिरो भइन्