मेलबर्नमा Made in Nepal Expo 2024 Australia आयोजना सम्पन्न

मेलबर्न: सांस्कृतिक बिबिधताका दृष्‍टिकोणले विस्वमा नै धनी देशका रुपमा परिचित नेपालका हरेक जातीका आ-आफ्नै किसिमका अत्यन्तै आकर्षक र बैभवशाली हस्तकला छन र, हरेका जात जातीका हस्तकलामा महिलाहरुको सहभागिता अत्यधिक देखिन्छ । यस्तो बैभवशाली परंपरागत हस्तकला मार्फत पनि नेपाललाई बिदेशीका बीच चिनाउने र देशको आर्थिक विकासमा योगदान दिन सक्ने महत्वपूर्ण माध्यम भएकोले यस्को प्रदर्शन र प्रबर्द्धन मार्फत नेपाललाई चिनाउने उद्धेस्यका साथ अस्ट्रेलियाको मेलबर्नमा Made in Nepal Expo 2024 Australia आयोजना कार्यक्रम सम्पन्न भएको छ ।

मेलबर्नको 495 Lygon Street, Brunswick East मा यही २७ अप्रिल का दिन बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म Nepco Entertainments को आयोजना र FNCSI Nepal र सह- आयोजनामा भएको उक्त कार्यक्रममा FWEN Sewa Nepal, Eurasia Reyukai Nepal, Mahalaxmi Women Entrepreneurs Network, Lions Club of Kathmandu Devalaya र Lions International District 325 J को सहभागिता थियो । कार्यक्रमको नारा रहेको छ “Experience Nepal on a Plate: Where Flavor Meets Tradition!”

बिशेषत: नेपाली महिला उद्यमीहरुलाई प्रोत्साहन गर्ने अभिप्रायले यो कार्यक्रम गर्न लागिएको बताइन यही कार्यक्रमका लागि नेपालदेखि आउने महिला उद्यमी रचना श्रेष्ठले । उन्का अनुसार विस्व पर्यायवरण र स्वास्थ्य जस्ता संबेदनशिल बिषय जुन किसिमबाट उठिरहेको छ विस्वभरी त्यस्लाई पनि मध्यनजर गर्दै हाम्रा परंपरागत हस्तकलामा पर्यायवरण मैत्री सामग्रीहरुको प्रचुर उपयोग गरिएको र यस्लाई अझ बढी मात्रामा निरन्तरता दिने जानकारी दिनु पनि यो कार्यक्रमको उद्धेस्य हो ।

कार्यक्रममा पन्चै बाजा लगायत अन्य बाजाहरु पनि राखिएका थिए र बातावरण नेपालमय बनाइएको थियो ।

५०० भन्दा बढीद्धारा अबलोकन गरिएको उक्त कार्यक्रममा लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठ, एनआरएन अस्ट्रेलियाका पूर्व अध्यक्ष टोनु घोताने, अस्ट्रेलियन नेपालिज मल्टिकल्चरल कम्युनिटिका अध्यक्ष गान्धी भट्टराई, एनआरएनए भिक्टोरियाका संयोजक मणिरत्न सापकोटा, अस्ट्रेलिया नेपाल पब्लिक लिंकका अध्यक्ष निराजन गौली आदिको पनि उपस्थिति थियो ।