डा.तोसिमा कार्की लेख्छिन ‘छोरी विवाह टुटोस, इन्गेजमेन्ट नै टुटोस्’ तर तिमी नजल्नु है !

काठमाडौं – ललितपुर-३ बाट प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित राष्ट्रिय स्वन्त्र पार्टीकी डा. तोसिमा कार्कीले आफ्नो लागि जीतभन्दा बढी जिम्मेवारी महत्वपूर्ण भएको बताएकी तोसिमाले विवाह जीवन यात्राको सुनौलो सुरुवात हो भने डिभोर्स पनि अप्ठ्यारो र बोझपूर्ण यात्राको अन्त्यससहित नयाँ बिहानीको सुरुवात हो भनेकी छिन् ।

सांसद कार्कीले सामाजिक सञ्जाल फेसबुकमा एक कविता ती भावनाहरु समेट्दै सार्वजनिक गरेकी हुन् ।राजधानीमा इन्गेजमेन्ट तोडिएपछि एक युवतीले केटाको घर अगाडि गएर गरेको आत्मदाहको घटनापछि लक्षित गरे जस्तो देखिने उक्त कवितामा तोसिमाले छोरी,

तिमी नसहनु है- छोरी,तिमी नजल्नु है । छोरी, म छु नि,मलाई भन्नु है । बरु ईज्जत जाओस्,बरु बेईज्जत होस्, बरु बिवाह टुटोस्,बरु ईन्गेजमेण्ट टुटोस्, छोरी आफैँलाई मात्र दोष नदिनु है, छोरी तिमी नसहनु है,छोरी, तिमी नजल्नु है । भन्दै लेखेकी छिन् । यस्तो छ उनले लेखेको कविताः

छोरी,
तिमी नसहनु है।
छोरी,तिमी नजल्नु है।
छोरी, म छु नि,
मलाई भन्नु है।
बरु ईज्जत जाओस्,
बरु बेईज्जत होस्,
बरु बिवाह टुटोस्,
बरु ईन्गेजमेण्ट टुटोस्,
छोरी आफैँलाई मात्र दोष नदिनु है,
छोरी तिमी नसहनु है,
छोरी, तिमी नजल्नु है।
यत्ति हरेक घरले भन्न सक्नुपर्छ।
विवाह टुट्दा… रिस्ता टुट्दा,

एक नारी र उसको परिवारलाई हेर्ने दृष्टिकोण फेरिनुपर्छ। जसरी विवाह जिवन यात्राको सुनौलो सुरुवात हो, त्यसरी नै डिभोर्स पनि अफ्ठ्यारो र बोझपूर्ण यात्राको अन्त्य सहित नयाँ बिहानीको खोजि हो। समाजले यति मात्र बुझिदिए पनि कुण्ठा र पिँजडामा बाँच्न वाध्य धेरै नारीहरुले यहि नेपाली आकाशमा सुन्दर चरी झैँ आफ्नो जिवनमा गन्तव्यको उडान भर्न पाउने थिए।

यस्तै उनले निर्वाचित हुदै गर्दा भनेकी थिईन- जनताका मुद्दामा म सधैं साथमा उभिनेछु । मैले गरेका वाचा र तपाईंका आशा पूरा गरेपछि मात्र हाम्रो जीत हुनेछ,’ उनले भनिन्, ‘मलाई निरन्तर खबरदारी गरिदिनुहोला । संसदमा आफ्नो भूमिका राजनीतिको सुसभ्य परिभाषा स्थापित गर्नमा हुने उनको भनाइ छ । ‘संसदमा सांसदले जनता र जनमुद्दाको पक्षमा कसरी उभिने भनेर देखाउने छ। यसमा तपाईको साथ चाहिन्छ’।

छोरी जन्मिए बैंक खातामा पाँच हजार नगद उपहार
मध्यविन्दु,१८ मङ्सिर । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले छोरी जन्मिए पाँच हजार नगद सहितको बैंक खाता उपहार दिन थालेको छ । गाउँपालिकाले ‘हाम्रो छोरीको सुनौलो भबिष्य’ कार्यक्रममार्फत् छोरी जन्मिए रू पाँच हजार बैंक खातामा जम्मा गरिदिने कार्यक्रम सञ्चालन गरे अभिभावकहरु शिशुको नामाकरणपछि बैंक खाता खोल्न जुट्ने गरेका छन् ।

गाँउपालिकाले आर्थिक वर्षदेखि २०७८/७९ देखि लागू गरेको कार्यक्रममार्फत् छोरी जन्माउने अभिभावक खुसी हुदै गाउँपालिका र बैंक जाने गरेका छन् । गाउँपालिकाले एक जना बालिकाको खातामा नगद पाँच हजार जम्मा गरी अभिभावकलाई समेत कम्तीमा पाँच हजार रूपैयाँ जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । बचत रकम उच्च शिक्षा अध्ययनका बेला उपयोग गर्ने योजना बनाइएको हु्प्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले बताउनुभयो ।

संजोग कोइराला र वर्षा राउतलाई ‘चखेवाको जोडी’ भनिन्छ । एकअर्काप्रति प्रेम, विश्वास, सहयोगी, समझदारी भावनाका कारण धेरैका लागि यो जोडी उदाहरणीय बनेको छ । तर, गत वर्ष उनीहरुको सम्बन्ध बिग्रिएको खबरले ठूलै भूकम्प ल्याएको थियो ।

फिल्म ‘के घर के डेरा’ रिलिजको बेला वर्षाले श्रीमानसँग ठूलो झगडा परेको भए पनि अहिले सम्बन्ध राम्रो रहेको बताएकी थिइन् । परालको आगो झैं वर्षा र संजोगको झगडा साम्य भएसँगै उनीहरु सार्वजनिक कार्यक्रमहरुमा एकसाथ देखिन थालेका छन् ।

यसै साता अभिनेता सलोन बस्नेत र करिश्मा केसीको मेहेन्दी, विवाह र रिसेप्सन पार्टीमा उनीहरु साथमै पुगेका थिए । रिसेप्सन पार्टीमा नवविवाहित जोडीलाई बधाई दिन मिडियाको क्यामेरा अगाडि उभिँदा यो जोडीलाई पत्रकारबाट नियमित झैं बच्चाको प्रश्न तेर्सियो ।

तर, दुवैले बच्चाको प्रश्न सुन्न र जवाफ दिन रुचि देखाएनन् । संजोगले अब फेरि यही प्रश्न नगर्न आग्रह नै गरे । तद्यपि, उनले उत्तर नदिइ सुःख पाएनन् । अनि, कुटनीतिक शैलीको जवाफ दिँदै उनले भने, ‘विधिको विधानमा लेखेको हुन्छ रे । जे लेखिएको हुन्छ, त्यही नै हुन्छ ।’

वर्षाले भने बच्चाको प्रश्नमा ‘हेरौं’ भन्दै हाँसेर टारिन् । विवाहदेखि नै यो जोडीलाई बच्चाको प्रश्नले छाडेको छैन ।संजोगले सलोन र करिश्मालाई वैवाहिक जीवनको शुभकामना दिँदै गर्दा एउटा वाक्य फुत्काए, ‘धेरै कन्ट्रोभर्सी नहोस् ।’ यो कुराले वर्षा रात्तोपिरो भइन्