गायिका सम्झना रोकाको ‘तिम्रो मायाले’ सार्बजनिक

गायिका सम्झना रोका र लोकप्रिय गायक राजन कार्कीको आवाजमा ‘तिम्रो मायाले’ बोलको नयाँ दोहोरी गीत डिजिटल बजारमा सार्बजनिक भएको छ । सार्बजनिक भएको छोटो समयमानै गीतले दर्शक श्रोताको मन जित्दै गएको छ । प्रेमिकल जोडिहरुको मायाँ प्रेमको बिषय बस्तु दर्शाइएको उक्त गीतमा गायिका रोकाले नै शब्द कोरेकी छिन् भने गायक कार्कीले लय रचना गरेका हुन ।

पछिल्लो समय साङगितिक बजारमा बिकृति बिसङगती बढेसंगै मौलिक गीतहरु कम आइरहेको बेला उक्त गीतमा भने मौलिकता झल्केको देख्न सकिन्छ । काठमाडौंको रमणीय दृश्यहरुमा छायङकन गरिएको उक्त गीतको म्युजिक भिडियो निकै लाभ लाग्दो र आर्कषित बनेको छ । गायिका स्वंमले गीतको म्युजिक भिडियो अभिनय गरेकी छिन भने उनलाई टिकाराम उप्रेतिले साथ दिइएका छन् । बिष्णु बरालको निर्देशनमा बनेको म्युजिक भिडियो सम्झना रोकाकै अफिसियल युटुब च्यानबाट सार्बजानिक भएको छ ।

गीत संगीतको उर्भर भुमि मानिने स्याङजा जिल्लामा जन्मिएकी गायिका संम्झना रोकाले यस अघि नै तीज गीतहरुमा आबज दिइसकेकी छिन । गायिका सम्झनाले कान्तिपुर पाटिसंग कुरा गर्दै भन्छिन यस अघिका गीतहरु भन्दा यस गीतमा धेरै नै मिहेनत गरेको छु । पक्कै पनि दर्शक श्रोताहरुलाई यो गीत मन पर्ने छ आगामी दिनहरुमा पनि नयाँ नयाँ गीतहरु बजारमा ल्याउनेछु ।