अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेसीका छोराले फुटबल भइरहेका बेला ललपिप फालेको भिडियो भाइरल ? (भिडियोसहित)

अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेसीका छोराको एक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।मेसीका छोरा मेटेओ मेसी रोकुज्जोले अर्जेन्टिना र अष्ट्रेलियाको खेल हेरिरहेका बेला रंगशालाको भीडमा आफूले खाँदै गरेको ललिपप फालेका हुन्।

मेसीकी श्रीमती एन्टोनेलाले आफ्ना छोरालाई रोक्न खोजे पनि उनी असफल भएको भिडियोमा देखिन्छ। मेसीको परिवार खेल अष्ट्रेलियाविरुद्धको खेल हेर्न रंगशाला पुगेको थियो।

जुन खेल मेसीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना २–१ को जित निकाल्दै नक आउट चरणमा प्रवेश गरेको छ। मेटेओ मेसीको तीन छोरामध्ये माइलो हुन्। ७ वर्षीय मेटेओलाई आमाले सम्झाउन तथा रोक्न खोज्दा पनि उनी असफल हुन्छिन्।

ललिपप फालेपछि एन्टोनेलाले उनलाई शान्त भएर बस्न भन्दै सम्झाउँछिन्। यो सम्पूर्ण दृश्य दर्शकहरुले मोबाइलमा कैद गरेका थिए। जुन अहिले भाइरल भइहरेको छ।

छोरी जन्मिए बैंक खातामा पाँच हजार नगद उपहार
मध्यविन्दु,१८ मङ्सिर । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले छोरी जन्मिए पाँच हजार नगद सहितको बैंक खाता उपहार दिन थालेको छ । गाउँपालिकाले ‘हाम्रो छोरीको सुनौलो भबिष्य’ कार्यक्रममार्फत् छोरी जन्मिए रू पाँच हजार बैंक खातामा जम्मा गरिदिने कार्यक्रम सञ्चालन गरे अभिभावकहरु शिशुको नामाकरणपछि बैंक खाता खोल्न जुट्ने गरेका छन् ।

गाँउपालिकाले आर्थिक वर्षदेखि २०७८/७९ देखि लागू गरेको कार्यक्रममार्फत् छोरी जन्माउने अभिभावक खुसी हुदै गाउँपालिका र बैंक जाने गरेका छन् । गाउँपालिकाले एक जना बालिकाको खातामा नगद पाँच हजार जम्मा गरी अभिभावकलाई समेत कम्तीमा पाँच हजार रूपैयाँ जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । बचत रकम उच्च शिक्षा अध्ययनका बेला उपयोग गर्ने योजना बनाइएको हु्प्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले बताउनुभयो ।

संजोग कोइराला र वर्षा राउतलाई ‘चखेवाको जोडी’ भनिन्छ । एकअर्काप्रति प्रेम, विश्वास, सहयोगी, समझदारी भावनाका कारण धेरैका लागि यो जोडी उदाहरणीय बनेको छ । तर, गत वर्ष उनीहरुको सम्बन्ध बिग्रिएको खबरले ठूलै भूकम्प ल्याएको थियो ।

फिल्म ‘के घर के डेरा’ रिलिजको बेला वर्षाले श्रीमानसँग ठूलो झगडा परेको भए पनि अहिले सम्बन्ध राम्रो रहेको बताएकी थिइन् । परालको आगो झैं वर्षा र संजोगको झगडा साम्य भएसँगै उनीहरु सार्वजनिक कार्यक्रमहरुमा एकसाथ देखिन थालेका छन् ।

यसै साता अभिनेता सलोन बस्नेत र करिश्मा केसीको मेहेन्दी, विवाह र रिसेप्सन पार्टीमा उनीहरु साथमै पुगेका थिए । रिसेप्सन पार्टीमा नवविवाहित जोडीलाई बधाई दिन मिडियाको क्यामेरा अगाडि उभिँदा यो जोडीलाई पत्रकारबाट नियमित झैं बच्चाको प्रश्न तेर्सियो ।

तर, दुवैले बच्चाको प्रश्न सुन्न र जवाफ दिन रुचि देखाएनन् । संजोगले अब फेरि यही प्रश्न नगर्न आग्रह नै गरे । तद्यपि, उनले उत्तर नदिइ सुःख पाएनन् । अनि, कुटनीतिक शैलीको जवाफ दिँदै उनले भने, ‘विधिको विधानमा लेखेको हुन्छ रे । जे लेखिएको हुन्छ, त्यही नै हुन्छ ।’

वर्षाले भने बच्चाको प्रश्नमा ‘हेरौं’ भन्दै हाँसेर टारिन् । विवाहदेखि नै यो जोडीलाई बच्चाको प्रश्नले छाडेको छैन ।संजोगले सलोन र करिश्मालाई वैवाहिक जीवनको शुभकामना दिँदै गर्दा एउटा वाक्य फुत्काए, ‘धेरै कन्ट्रोभर्सी नहोस् ।’ यो कुराले वर्षा रात्तोपिरो भइन्