ज्ञानी भइसकें, अब केपीसँग मिल्ने गल्ती गर्दिनँ – प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनको खतरा रहेसम्म गठबन्धन कायम रहने बताएका छन् ।

सोमबार बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपी ओलीसँग गठबन्धन गरेर आफूले ज्ञान प्राप्त गरेकाले गल्ती नदोहोर्‍याउने बताए ।

उनले भने, ‘गठबन्धन पहिलाको जस्तो हुने हो कि भन्ने शंका गर्छन् । तर, म केपीसँग मिलेर ज्ञान प्राप्त गरेर आएको छु । ज्ञानी भइसकेपछि फेरि त्यही गल्ती दोहोर्‍याउँदिनँ । मैले भन्ने गरेको छु, यो देशमा प्रतिगमन र संविधान मिच्नेहरुसँग लडाइँको आवश्यकता भएसम्म गठबन्धन कायम रहन्छ ।’

उनले गठबन्धनको पक्षमा ढुक्क भएर मतदान गर्न आह्वानसमेत गरे ।