बुबाको लाश लिएर मलामी गएका ३ जना छोराको बस दुर्घटना हुदा एकै साथ मृत्यु !

मलामी सवार बसमा दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । मलामी सवार बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको हो । बिहान साढे १० बजे ३५ जना मलामी सवार बस दुर्घटना भएको हो ।

स्थानीयका अनुसार ६ भाइ छोरामध्ये एक जनाको पहिले नै मृत्यु भइसकेको छ। अहिले बुबाको शव अन्त्येष्टीको लागि लैजाँदै गर्दा बस दुर्घटनामा परि तिन जना छोराको पनि मृत्यु भएको जानकारी स्थानीयबासिन्दाले दिएका हुन् ।

दुर्घटना भएको बसका चालक फरार रहेका छन्। उनी दुर्घटनालगत्तै फरार रहेको प्रहरीले जनाएको छ। सो घटनामा घाइते भएका १३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

शव बोकेर अन्त्येष्टिका लागि आएको बस दुर्घटना भएको थियो ।

बस दुर्घटना हुँदा घटनास्थलमै ८ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय का प्रमुख प्रहरी उपरीक्षक ले बताए ।

जनाएको छ।
यो पनि बाराका शिशिर बिक हेटौंडामा रहेकी ठुलोममीको घरमा टीका लगाउन आएका थिए । दशैंको टिका लगाएपछि घर फर्कन हेटौंडा बसपार्क पुगे । नारायणगढबाट पथलैयातर्फ एउटा बस भेटियो, तर ठेलाठेल हुने भीड ।

बुवा सुरेश बिकले ‘दशैंमा यस्तै हो, चढौं भनेपछि शिशिर बाबुछोरा ठेमलठेल यात्रु रहेको बस चढेर मधेश प्रदेशतिर हुँईकिँदै थिए । ड्राईभर छेउकै स्थान (बर्नर)मा बसेर यात्रा गरिरहेका शिशिरका बुबा सुरेश पनि स्वयं सवारी चालक हुन् । चुरिया मन्दीरबाट तल गएपछि उनले आफू चढेको बसमा ब्रेक नै नलागेको थाहा पाए, चालकलाई बस जंगलतिर मोड्न आग्रह गरे ।

हेटौंडा अस्पतालमा उपचाररत ११ वर्षीय शिशिरले भने, ‘बुबाले जंगलमा गाडी हाल्दे, ब्रेक छैन भनिरहनु भएको थियो तर ड्राइभरले हर्न बजाउँदै अगाडि लगिरहे । जब ३ नम्बर पुल नजिकको मोडमा गाडी झार्ने जस्तो भयो, चालक हाम्फाले । यात्रुले भरिएको बस चाहिँ सडकबाट झण्डै १५/२० मिटर तल नदी किनारमा बजारियो ।

बसमा सवार हेटौंडा ७ नागस्वतीकी १३ वर्षीया सोनिया श्रेष्ठका अनुसार चुरियाको ओरालो कटेपछि गाडीको गति तीव्र भएको थियो । हेटौंडा अस्पतालमा उपचाररत श्रेष्ठले भनिन्, ‘ममी, म र दिदी लास्ट सिटमा बसेका थियौं । गाडीको स्पिड बढेपछि अगाडीबाट ब्रेक फेल भयो भन्दै हल्ला हुनथाल्यो ।

दुर्घटनामा घाइते भएका शिशिरले आफूलाई समाइरहेका बेहोस बुबा र बसको सबै यात्रु क्षतविक्षत भएको देखे, आफ्नी आमा निशा विकलाई फोन लगाए । अस्पतालमा उपचाररत शिशर भन्छन्,‘म ब्युँझँदा बेहोस बुवाले मलाई समाइरहनुभएको रहेछ ।’ केहीबेरमा उद्दार सुरु भयो । प्रहरी र स्थानीयले दुर्घटनामा घाइतेहरुलाई हेटौंडा, चुरिया र सहकारी अस्पतालमा लगिएको थियो ।

शिशिर र उनका बुबा सुरेशलाई हेटौंडा अस्पताल पुर्‍याइएको थियो । तर अस्पताल पुग्दा सुरेशको मृत्यु भइसकेको थियो । बाबु गुमाएका शिशिर उपचाररत छन् ।

यो पनि पढ्नुहोस् :
नेपाली कांग्रेसका नेता प्रमोद यादवका छोरा निखिलले कार पछाडि हटाएर घाइते बनाएको भन्दै घाइतेहरुले कारबाही गर्न माग गरेका छन् ।शुक्रबार राति निखिलले बुटवलको एक क्लब अगाडि बा ०१–०२ ६६२९० नम्बरको कार ब्याक गरेर ६ जनालाई घाइते बनाएको उनीहरुको भनाइ छ ।

कारको ठक्करबाट तानसेन नगरपालिका–४ का कुनल श्रेष्ठ, बुटवल उपमहानगरपालिका–८ का विपिन श्रेष्ठ, देवदह नगरपालिका–१० का जीवन मल्ल, बुटवल उपमहानगरपालिका–७ का सुरज पाण्डे, बुटवल–१२ का दीपक पुन र बुटवल–१३ का मनोज थापा घाइते भएका थिए ।कुनल र सुजल पाण्डेको तिनाउ हस्पिटलमा उपचार भइरहेको छ । २ जनाको चौराह अस्पतालमा उपचार भइरहेको छ भने दुई जना सामान्य उपचारपछि घर फर्केका छन् ।

यादवले गाडी ब्याक गराएर घाइते बनाएको तर कारबाहीको साटो कांग्रेस नेताहरुबाट मिल्न दबाब दिएको घाइतेहरुको गुनासो छ । ठक्कर दिने गाडी र चालकलाई वडा प्रहरी कार्यालय रामनगर बुटवलले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाएको छ । पीडितहरूले कांग्रेस नेता यादवले मिलापत्रका लागि दबाव दिएको बताएका छन् ।

घाइते सुजलले यादवका आफन्त र कांग्रेसका नेताहरू अस्पताल आएर पटक पटक मिलेर जान दबाब दिइरहेको बताए । ‘दोषीलाई कारबाही हुनुपर्यो, नेता दबाबमा प्रहरीले घटना सामसुम पार्न खाजेको छ’, सुजलले भने ।

यादवले गाडी ब्याक गर्दा त्यहाँ रहेका आधा दर्जन मोटरसाइकल र स्कुटरमा पनि क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले चालकले मदिरा सेवन गरेको भए कानुन बमोजिम कारबाही हुने बताए ।

यो पनि पढ्नुहोस् :
काठमाडौं, १२ कात्तिक :पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतीय पक्षबाट नेपालीको हत्या भइरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले मौनता साँधेको आरोप लगाएका छन् ।

नेपालसँगको सीमा क्षेत्रमा भारतले सडक विस्तार गर्ने क्रममा विस्फोट गराउँदा दार्चुला व्यास गाउँपालिका–२ का बालक पवन महराको मृत्यु हुँदासमेत प्रधानमन्त्री देउवा मौन बसेको ओलीको आरोप छ ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले बालक महराले ज्यान गुमाएको घटनाले अत्यन्त दुःखी भएको भन्दै घटनाको तत्काल छानविन गरी सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् । सडक विस्तार गर्नेक्रममा विस्फोट गराउँदा ढुंगाले लागेर महराको निधन भएको छ भने १४ वर्षीया बालिका सरिना महरासहित घाइते भएका छन् ।

उक्त घटनाका दोषीमाथि कारवाही गर्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका ओलीले प्रश्न गरेका छन्, ‘तुइन काटेर गतवर्ष जयसिंह धामीलाई मारिएको घटनामाजस्तै प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ?’

यसबारे ओलीले फेसबुकमा लेखेका छन् :

नेपालसँगको सीमा क्षेत्रमा भारतले सडक विस्तार गर्दा दार्चुलाको व्यास गाउँपालिका–२ का बालक पवन महराले ज्यान गुमाएको घटनाले अत्यन्त दुःखी छु । ढुंगा लागेर १४ वर्षीया बालिका सरिना महरा सहित स्थानीय नागरिक घाइते भएका छन् । घटनाको तत्काल छानविन गरी सत्यतथ्य बाहिर ल्याउन, दोषीमाथि कारवाही गर्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्दछु । तुइन काटेर गतवर्ष जयसिंह धामीलाई मारिएको घटनामाजस्तै प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ?

यो पनि पढ्नुहोस् :
भैरहवा, १२ कात्तिक -गृहमन्त्री बालकृष्ण खाणले मल अभाव हुन नदिन नेपाल सरकारले भारत सरकारसँग जिटुजी मार्फत रासायनिक मल खरीद प्रक्रिया अगाडि बढाएको बताएका छन ।

गठबन्धनले भैरहवा र ओमसतीयमा गरेकाे कार्यक्रममा बोल्दै उनले मल अभाव हुन नदिनका लागि जिटुजीमार्फत प्रक्रिया अगाडि बढेको

दीर्घकालीन रुपमै मलको अभाव हुन नदिन सरकारले स्वदेशमै रासायनिक मल कारखाना स्थापनागर्ने योजना समेत अगाडि बढाएको बताए ।सत्ता गठबन्धनबाट रुपन्देही क्षेत्र नं ३ को काग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका गृहमन्त्री खाणले रुपन्देहीमा पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्यसँगै कृषि क्षेत्रमा प्रचुर सम्भावना रहेकाले यहाँको कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

गायक सुरेश गन्धर्वलाई आर्थीक सहयोग प्रदान : कालजयी लोकगीत रिन्के बुङको रागालाईका गायक सुरेश गन्धर्वलाई आर्थीक सहयोग प्रदान गरिएकोछ । कालजयी लोकगीत रिन्के बुङको रागालाई गायक सुरेश गन्धर्वलाई आर्थीक सहयोग प्रदान गरिएकोछ ।

संचारकर्मी गीता अधिकारीको समन्वय र हाल अमेरिका बसाेबास गर्दै आएका साहित्यकार तथा गीतकार हरी उप्रेती र Go Fund टिमले गन्धर्वलाई आर्थिक सहयोग रु एक लाख प्रदान गरेको हो ।

धरान ८ का वडाध्यक्ष धन बहादुर राईको प्रमुख आतिथ्यमा गायककाे घरमा धरानमा आएर रकम हस्तान्तरण गरेको गीता अधिकारीले जानकारी दिनुभयो । रकम हस्तान्तरण कार्यक्रममा , गन्धर्वको घर निर्माण अभियन्ता तथा रङ्गकर्मी बिष्णु माेक्तान, संचारकर्मीहरुको उपस्थित रहेको थियो ।

माैलिक संस्कृतिको जगेर्ना गर्ने सर्जककाे गित सानाेबेला देखि नै सुन्दै आएकाले हामी सबै मिलेर सहयाेग रकम संकलन गरेर सर्जकलाई सहयोग गरेको हरी उप्रेतीले बताए । आफु बिदेश मा रहेपनि मनसधै नेपाल मै रहने बताउदै यो सहयोगमा आफुजस्तै सृजनालाइ माया गर्ने सर्जकहरुकाे सहयोग गर्न पाएकोमा खुशी भएको बताए ।

रङ्गकमि बिष्णु माेक्तानले सर्जकाे बास्थानकाे लागि लागिपरेकाे बताउदै सारंगी बचाउन पनि सुरेश गन्धर्वलाई बचाउनु पर्ने आबश्यक रहेको बताए । प्रमुख अतिथि वडाध्यक्ष राईले बिदेशमा रहदा पनि स्वदेश र कलालाई माया गरी सहयोग गरेकोमा Go Fund का सहयोगीहरुलाई धन्यवाद दिए ।

आफुले सक्दाे सहयोग गर्ने र पहल गर्ने पनि राईले प्रतिबद्दत्ता जनाए । देशको कला र संस्कृतिलाई चिनाउने काम गरेका गन्धर्व सबै काे लागि गाैरव भएको राईको भनाइ छ ।