काे हुन त महनायक भुवन केसीले बिहे गर्न लागेकी युवती

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी विवादास्पद छवि बोकेका कलाकार हुन् । अहिलेसम्म उनको दुई घरबार बिग्रिसकेको छ । पहिलो श्रीमती विजया केसी छुट्टिएको नै २५ वर्ष बितिसकेको छ ।

जेठी श्रीमती अलग बस्न थालेपछि उनले सुस्मितालाई बिहे गरेका थिए । अहिले सुस्मित पनि सँगै छैनन् । सुस्मिताबाट भुवनको एक छोरा अनमोल केसी छन् । भुवन र अनमोल सँगै बस्छन् । सुस्मितासँग डिभोर्स भएको केही समयपछि नै भुवन अभिनेत्री जिला केसीसँग रिलेसनसीपमा बसेका थिए ।

दुवै सँगै बसेको पनि १० वर्ष बितिसकेको छ । अब भने भुवनले जिया केसीलाई औपचारिक रूपमा तेस्रो श्रीमती बनाउने भएका छन् । तिहारको बिदा पारेर भुवन केसी अमेरिका पुगेका छन् । उनी जिया केसीलाई लिएर बिदा मनाउन अमेरिका पुगेका हुन् । भुवनको पहिलो श्रीमती विजया र उनबाट जन्मेका सन्तान काजल केसी र विवेक केसी अमेरिकामै बस्छन् ।

विकास बोर्डका अध्यक्ष भएदेखि भुवनलाई कार्यालयको काममा जियाले नै सघाउँदै आएकी थिइन् । ६५ वर्षीय भुवन प्रशासनिक कामकाजमा त्यति दख्खल राख्दैनन् । त्यही भएर उनले बोर्डको आफ्नो कार्यकक्षमै जिया केसीका लागि छुट्टै कुर्सीको व्यवस्था गर्दै आएका छन् । भुवनसँग भेटघाटका लागि आउने टोलीसँग जिया पनि सँगै देखिने गर्छिन् ।