पशुपति शर्मा र जानकी तारामी मगरको ‘सलल’ सार्व‍जनिक

दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका एक होनहार लोकप्रिय दोहोरी गायक पशुपति शर्मा र लोकप्रिय गायिका जानकी तारामी मगरको नयाँ लोकदोहोरी गीत ‘सलल’ बजारमा भखर्रै सार्व‍जनिक भएको छ। पशुपति शर्माकै शब्द, संगीत रहेको उक्त गीत जानकी तारामी मगरकै युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

मौसम हिमालीको निर्देशनमा बनेको उक्त भिडियोमा छायांंकन बुद्ध थापाले गरेका छन् । यसमा गायिका स्वयंको अभिनय देख्न सकिन्छ भने उनलाई पशुपति शर्माले साथ दिएका छन् । गितमा माया प्रेमको विषयवस्तुलाई निकै उत्कृष्ट शैलीमा दर्शाईएको छ ।

पशुपति शर्मासंग जानकी तारामी मगरको लामो समयपछी सहकार्य जुरेको हो । यस अघि यि दुईले गाएको  ‘ढाड दुखेर मार्यो’, ‘पानी पुरी’, ‘चटपटे’, ‘ढाड दुखेर करक्कै’, ‘साईकल किन्न जाम’, ‘मेयरनिको पोई’, ‘मगरनीको सेलरोटी पसल’ लगायत थुप्रै गीतहरु दर्शकको नजरमा सर्वाधिक लोकप्रिय छन् ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :