गायक पुरूषोत्तम गैरेको ‘सेती लुकेनी’ सार्व‍जनिक

दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका एक होनहार लोकप्रिय दोहोरी गायक पुरूषोत्तम गैरेको नयाँ लोकदोहोरी गीत ‘सेती लुकेनी’ बजारमा भखर्रै सार्व‍जनिक भएको छ। बिमल पौडेल र पुरूषोत्तम गैरेको शब्द सृजना, पुरूषोत्तम गैरेकै संगीत र एच बि एन किस्मतको म्युजिक हुक लाईन रहेको उक्त गीत Puru Team युट्युब च्यानलमार्फत मंगलबार सार्वजनिक भएको हो ।

‘सेती लुकेनी’ गीतमा पुरूषोत्तम गैरेसँगै शान्ती श्री परियारको आवाज रहेको छ । उक्त गीतको म्युजिक भिडियोमा आयुष्मा कार्कि, तेजस रेग्मी, मिल्ड्रेड, ललित आचार्य र पिताम्बर पोखरेलको अभिनय रहेको छ । म्युजिक भिडियोको निर्देशन लोमशले गरेका छन् भने सम्पादन मिलन बिकले गरेका छन् ।

सेती लुकेनी
केलाई पिर लिन्छेउर ???
म त छु के नी
अधबैशे जोडिको माया, भिरपाखा र बन, घास दाउरा गर्न हिडेका साथिभाईहरु र हाम्रो देशको प्रकृति र गित सङ्गितमा रमाएका पर्यटकहरुको छोटोमिठो यात्रा गितमा दर्शाइएको छ l

संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका गायक पुरूषोत्तम गैरेकै शब्द, संगीत र आवाजमा रहेका ‘पिंजडाकी चरी’, ‘बैसाखी’, ‘का जाउ का जाउ भैरनी’, ‘जाले रुमाल बैना’, ‘चेलीको व्यथा’, ‘सुधार केन्द्र’ लगायत थुप्रै गीतहरु दर्शकले रुचाएका छन् ।

गायक गैरेले कान्तिपुर पाटिसंग कुरा गर्दै भने एक बर्षको अन्तरालमा निकै मिहेनतका साथ नयाँ गीत सार्व‍जनिक गरेको छु, बिगतका गितहरु जस्तै यस गितलाई पनि दर्शकस्रोताहरुले पक्कै पनि मन पराउनु हुन्छ भनेर निकै आशाबादी छु ।

भिडियो पुरा हेरेर प्रतिक्रिया दिनुहोला :