सन्दीप प्रकरण : माइती नेपालको कब्जामा ‘पीडित’

काठमाडौँ –

धेरैको मनमा उठिरहेको जिज्ञासा, जाहेरीकर्ता कहाँ छिन् ? आरोपी सन्दीपलाई ‘डे वान’ बाटै सार्वजनिक गरेको प्रहरीले जाहेरीकर्तालाई भने गोप्य राखिरहेको छ । कानूनी व्यवस्थाअनुसार पनि यौनजन्य अपराधमा जाहेरी दिनेको पहिचान गोप्य राख्नुपर्ने हुन्छ । प्रहरी स्रोतका अनुसार जुनेली माइती नेपालको संरक्षणमा छिन् ।

जाहेरी दर्ता भएको दुई-तीनपछि प्रहरीले उनलाई माइती नेपालकी अनुराधा कोइरालाको जिम्मा लगाएर पठाएको हो । कोइरालाले जुनेलीलाई निकै कडा निगरानीमा राखेकी छन् ।

उनलाई बाहिर निस्किन दिइएको छैन । बाहिरबाट आउनेहरुले पनि उनीसँग भेट्न पाउँदैनन् । उनलाई कलेज जान पनि अनुमति नदिइएको स्रोतले बतायो । माइती नेपालभित्रै शिक्षकको प्रवन्ध गरेर पठनपाठन गराइएको स्रोतको दाबी छ ।

जुनेलीले माइती नेपालको कथित संरक्षणबाट बाहिर निस्किन चाहेकी छन् । तर, उनले बाहिर निस्केपछि बयान फेर्ने चिन्ताले गर्दा अनुराधाले त्यो अनुमति नदिएको स्रोतले बतायो । साथै माइती नेपालका काउन्सिलरले उनलाई बयान नफेर्न निरन्तर काउन्सिलिङ र ब्रेनवास गरिरहेका छन् ।

के पल शाह प्रकरणमा जस्तै यसमा पनि अन्तत्वगत्वा जाहेरीकर्ताले बयान फेर्लिन् त ? स्रोतले त्यो सम्भावना नकार्न चाहेन ।

‘यदि माइती नेपालको कब्जाबाट फुत्किइन् भने बयान फेर्न सक्ने सम्भावना बलियो छ’, स्रोतले भन्यो ।

यो पनि :

प्रतिनिधिसभा सदस्यको चुुनावको उम्मेदवार मनोनयनअघि माओवादीमा पहिरो गएको छ । एकैदिन कास्की माओवादीका ३७ नेताले सामूहिक राजीनामा बुझाएपछि पार्टीलाई ठूूलो धक्का लागेको हो ।

आइतबार कास्की क्षेत्र नम्बर ३ (क)मा टुरिस्ट उम्मेदवार उठाएको भन्दै ३७ जनाले सामूहिक राजीनामा दिएका छन् । राजीनामा दिनेमा प्रदेश कमिटी सदस्य नवराज भण्डारी, भोजराज पौडेल, राजु शर्मा, माओवादी पोखरा महानगरपालिकाका उपाध्यक्ष भानुभक्त अधिकारी, माओवादी माछापुच्छ्रे गाउँपालिकाका उपाध्यक्ष गोपाल पोखरेललगायतका नेताले आइतबार राजीनामा बुझाएका छन् ।

‘प्रदेश ३ क को उम्मेदवार प्रदेश ३ ख बाट उम्मेदवार ल्याएर पार्टीले टिकट दिएको कारणले हामी सम्पूर्ण उपस्थित कमरेडहरूले संयुक्त राजीनामा दिएका छौँ,’ पत्रमा उल्लेख छ ।

गठबन्धनको तर्फबाट माओवादीले कास्की ३ (क) मा दुर्गादत्त भण्डारीलाई उम्मेदवार बनाएको छ । उनको उम्मेदवारी प्रति यहाँका माओवादी नेता कार्यकर्ता रु’ष्ट छन् ।

यो पनिः रुकुमपूर्वमा २६ जनाको उम्मेदवारी दर्ता

रुकुमपूर्वबाट २६ जनाको मनोनयन दर्ता भएको छ। आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरी सो सङ्ख्यामा मनोनयन दर्ता भएको हो।

प्रतिनिधिसभा सदस्य तर्फ छ र प्रदेशसभा सदस्यतर्फ २० जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।