कहाँ चुके सन्दीप ?

काठमाडौँ –

त्रुटिपूर्ण कानूनको शिकार भएको देखिँदादेखिँदै पनि सन्दीपमाथि प्रश्न उठाउन सकिने केही ठाउँहरु छन् । शारीरिक चाहना परिपूर्तिका लागि मात्रै जुनेलीसँग क्षणिक रुपमा नजिकिएको आशंका गर्न सकिन्छ ।

पहिलो, उनी जुनेलीसँग प्रायः स्न्याप च्याटमा मात्रै कुरा गर्थे । स्न्याप च्याटमा पठाएको म्यासेज २० सेकेन्डमा अटो डिलिट हुन्छ भने स्क्रिनसट लिएको अवस्थामा त्यसको सूचना अर्कोलार्ई जान्छ । त्यसैले आफूले गरेका कुराकानीको ‘प्रमाण’ नरहेको भन्ने सन्दीपको चाहना देखिन्छ । निकटस्थहरुका अनुसार उनी अन्य युवतीहरुसँग पनि स्न्याप च्याटमा नै कुरा गर्थे ।

दोस्रो, उनले होटलमा सँगै रात बिताएपछि जुनेलीलाई तत्काल सामाजिक सञ्जालबाट ब्लक गरेको भनिएको छ । यदि त्यो सत्य हो भने त्यहाँ पनि उनको नियतमा प्रश्न उठ्छ ।

तेस्रो, उनी आफूविरुद्ध जाहेरी परिसकेपछि नेपाल फर्किन गरेको ढिलासुस्ती पनि सही थिएन, चाहे जेसुकै बहानामा किन नहोस् ।

समग्र घटनाक्रम हेर्दा सन्दीपले कहीं न कहीं आफ्नो स्टारडमको दुरुपयोग गर्न खोजेकै देखिन्छ । अवश्य पनि उनी जत्तिको स्टारसँग नजिकिन खोज्नेहरु धेरै हुन्छन् । प्रेम र रोमान्सका लागि पनि युवतीहरु सहजै तयार हुन सक्छन् ।

तर, उनी आफ्नो मर्यादा र अनुशासनमा बस्नुपर्ने हो । फ्यानका रुपमा नजिकिनेहरुसँग शारीरिक तिर्खा मेट्ने ध्येय राखेका हुन् भने त्यसलाई अनैतिक मान्नैपर्छ ।