एमाले सिध्याउने खेलमा प्रभु साह !

एमालेका प्रभु साहले अन्तिम समयमा पार्टीलाई धोका दिएको भन्दै मधेशको राजनीतिमा हलचल भएको छ । उनी तत्कालीन एमाओवादीमा डा. बाबुराम भट्टराई निकट नेता हुन् । उनी बाबुराम भट्टराईसँगै जान्थे तर सांसद पद जोगाउन या माओवादीको सूचना लिनका लागि वाह्य शक्तिले उनलाई माओवादीमा नै राख्यो ।

डा. बाबुराम भट्टराई माओवादी केन्द्रमा फर्किएका छन् । ती साह पनि अब माओवादीमा नै फर्कने तयारीमा रहेको उनी निकट स्रोतले बताएको छ । उनको अहिले पनि भारतीय संस्थापन निकट डा. बाबुराम भट्टराई र वर्षमान पुनसँग सम्पर्कमा रहेका छन् । एमालेलाई सिध्या’उनका लागि यी दुवै नेताको प्रत्यक्ष डिजाइनमा काम गरिरहेको स्रोतको दावी रहेको छ ।

एमालेलाई मधेशमा सि’ध्याउनका लािग पार्टीले दिएको टिकट नै लुुकाएर साहले आफूमात्र स्वतन्त्र उठेनन अरुलाई पनि स्वतन्त्र उठाएर आफ्नो चरित्र नां’ गो बनाएका छन् । साहले रौतहट जिल्लाका मात्र होइन, प्रदेशमा नै आफ्नो पक्षका नेताहरुलाई टिकट मागेका थिए र मधेश एमालेमय बनाइ दिने प्रस्ताव अध्यक्ष केपी ओलीसँग राखेका थिए ।

ओलीले त्यो प्रस्ताव स्वीकार गरेनन । पछिल्ला दिनमा रघुवीर महासेठसँग टसल गरेर एमालेभित्र वि’वाद सिर्जना गराइ रहेका साहलाई पटकपटक अध्यक्ष ओलीले सम्झाएका थिए । तर, चुनावको बेलामा सं’ग्दि ध गतिविधि गरेर एमाले सि’ध्याउने खेल खेलेका छन् ।

मनोनय दर्ता गर्ने दिन रौतहटमा एमालेको तर्फबाट उम्मेदवारी दर्ता नभएपछि ओलीले झापाबाट पटकपटक साहलाई फोन गरेका थिए । ओलीनिकट नेताहरुले दिएको जानकारी अनुसार ओलीले दिनभरि गरेको फोन नै रिसिभ गरेनन् । ओलीको फोन रिसिभ नगरेका साहले कलब्याक समेत गरेनन ।

मनोनयनको अन्तिम समयमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेर साहले एमाले सि’ध्याउने खेल सुरु गरेका हुन् । उनले अन्य जिल्लामा मत प्रभावित गरेर एमालेलाई कमजोर बनाउने रणनीति साहले लिएका छन् । यसको बारेमा एमालेले गम्भी’रतापूर्वक लिएको बताइरहेको छ ।

साहले जसपासँग तालमेल गरेकोले स्वतन्त्र उम्मेदवारी दिनुपरेको बताउने गरेका छन् । कारण त्यो भन्दा पनि उनलाई अरु कुनै शक्तिले परिचालन गरेको र जसपासँगको तालमेल चाहिँ बहाना बा’जीमात्रै भएको विश्लेषण भइरहेको छ ।