साढे ७ लाख जरिवाना तिर्नु परेपछि झर्किइन् प्रचण्ड पुत्रि रेणु, दिइन् यस्तो तातो बयान, तात्यो राजनीतिक माहोल

काठमाडौं । प्रचण्ड पुत्रि रेणु दाहाल बेलाबेलामा झर्किने गर्छिन् । हालै उनले फेरी एक पटक आक्रो पोखेकी छिन् ।

निर्वाचन आयोगले गत स्थानीय चुनावको खर्च विवरण बुझाउन ढिलाइ गर्ने वा नबुझाउने उम्मेदवारहरुलाई जरीवाना तोक्दै आफ्नो नाम पनि समेटेपछि रेणुले
जरिवाना अस्वभाविक र हास्यास्पद भएको भन्दै आपत्ति जनाएकी छिन् ।

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले आयोगको सूचना हेरेर अचम्भित भएको भन्दै ‘पहिले–पहिले पनि निर्वाचन धेरै आए र गए, तर यस्तो जरीवाना सुनिएको थिएन,’ , ‘आयोगले गर्न खोजेको के हो बुझ्न सकिएन ।’ उनले तोकिएको जरिवाना रकम अस्वभाविक रहेको समेत बताएकी छिन् ।

रेणुले ‘ढिलो बुझाएकै आधारमा साढे सात लाखसम्म जरीवाना लगाउने कुरा न्यायोचित छैन । यो एकदमै गलत हो । यस विषयमा निर्वाचन आयोगलाई प्रश्न गर्नुपर्छ भन्ने लागेको छ ।’उनले चुनावपछिको कामको चटारोले केही दिन खर्च विवरण बुझाउन ढिलाइ भएको उल्लेख गरिन् ।

‘बुझाउँदै नबुझाएको त होइन नि, केही ढिलाइ भएको मात्रै हो,’ उनले भनिन्, ‘कामको प्रेसरले गर्दा पनि त्यतातिर ख्याल भएन । तर, दुईचार दिन ढिला भयो भनेर यत्रो जरीवाना गर्न खोज्नु अन्यायपूर्ण छ ।’

आयोगले देशभरका ६ वटै महानगरपालिकाका मेयर तथा उपमेयरका लागि साढे सात लाख जरिवाना तोकिदिएको छ । यस्तै, उपमहानगरपालिकाका मेयर र उपमेयरले पाँच लाख रुपैयाँ तिर्नुपर्ने आयोगको सूचनामा उल्लेख छ ।अबको ६ महिनाभित्र तोकिएको जरीवाना नतिरेको खण्डमा जननिर्वाचित प्रतिनिधिहरुलाई पदबाटै हटाइदिने चेतावनीसमेत आयोगले दिएको छ ।