स्टाटसमा सकरात्मक भन्दा नकरात्मक कमेन्ट बढी आएपछि समिक्षा अधिकारीले हटाइन फेसबुक पोष्ट

काठमाडौं :

बुधबार गायिका समिक्षा अधिकारीले आफूले अदालतले दिलाइदिएको १० लाख रुपैयाँ क्षतिपूर्ति नलिने आसयको एक स्ट्याटस राखिन । उक्त स्टाटसमा विभन्न खालका सकरात्मक तथा नकरातम कमेन्ट आए ।

सकरात्मक भन्दा नकरात्मक कमेन्ट बढी आएपछि उनले उक्त स्टाटस हटाएकी छन् ।

उनले पछिल्लो समय घटेको घटनाक्रमलाई उल्लेख गर्दै उनले आफूले अदालतसमक्ष पैसाको रकम वा क्षतिपूर्ति बापत कुनै रकम माग नगरेको स्पष्ट पारेकी थिइन् । जिल्ला अदालत नवलपुरले पीडकबाट रु दश लाख क्षतिपूर्ति दिलाइने फैसला गरेकोमा आफूलाई उक्त रकम लिने मनसाय नभएको पनि उल्लेख गरेकी थिइन् ।

उनले सामाजिक सञ्जालमा मेरो विरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले आफ्नो मानसपटलमा नकरात्मक प्रभाव परेको उल्लेख गरेकी थिइन् । उनले लेखेकी थिइन्, ‘यहाँहरू सबैलाई अवगत भएकै कुरा हो ।

म बिगत लामो समयदेखि एउटा दुस्खद् घटना भोगिरहेकी छु ।’ उनको यो पोस्ट यति भाइरल भयो की धेरै मिडियामा उनी उत्तिकै छायन् ् ।

त्यस्तै उनी माथि भद्धा गालीको पनि वर्षा भयो त्यसपछि उनले उक्त स्टाटस हटाएकी छन् । पछिल्लो समय उनी काममा पनि उत्तिकै व्यस्त हुन थालेकी छन् । उनको समय र कामले गति लिन थालेको छ ।