बिमानस्थलमा पुष्पगुच्छासहित स्वागत पाउने सन्दिपः यसपाली हतकडीसहित कुर्दै प्रहरी, यस्तो छ तयारी सुन्दैमा सबै दंग छन् !

नाबालिग माथि जब रजस्ती गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने कहिले नेपाल फर्किएलान्? विदेशबाट फर्किँदा सधैं भब्य स्वागत पाउने सन्दीपको प्रतीक्षामा रहेको प्रहरीले उनलाई के गर्ला ?

धेरै मानिसको चासोको विषय बनेको छ। नेपालको राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने भदौ ६ गते टी-२० को मैत्रीपूर्ण खेलका लागि केन्या उडेका थिए। त्यहाँ एक दिवशीय खेल नखेल्दै उनी क्यारेबियन प्रिमियर लिग खेल्न सेन्ट लुसिया पुगे।

खेल अझै जारी छ। तर, खेलमा तत्काल विश्राम लिनु उनको वाध्यता बनेको छ।

गत मंगलवार एक नाबालिग किशोरी (१७ वर्षीया) माथि क रणी गरेको उजुरी प्रहरीमा दर्ता भएसँगै सानो उमेरमै करिअरको उच्चतम विन्दु चुमिरहेका सन्दीप एकाएक संकटमा पुगेका छन्। उजुरीलगत्तै प्रहरीले लामिछानेविरुद्ध प्रमाण सङ्कलन गर्न सुरु गरेको थियो।

घटनालाई साँघुरो बनाउने केही प्रमाण समेत भेटिएपछि प्रहरीले अनुसन्धानको दायरा बढाउँदै सन्दीपविरुद्ध पक्राउ पुर्जीसमेत लिइसकेको छ। बिहीवार प्रहरीले जिल्ला अदालत काठमाडौंबाट लामिछानेलाई पक्राउ गर्ने अनुमति पाएको छ।

विदेशमा रहेका सन्दीप कहिले नेपाल फर्किने भन्ने थाहा नभएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी भरत बोहराले बताए। ‘अब हामीले पक्राउ गर्न सक्छौ‌‌। अहिलेसम्म उहाँ हाम्रो सम्पर्कमा आउनु भएको छैन। त्यसैले कहिले नेपाल फर्किने भन्ने विषय हामीलाई यकिन छैन,’ एसएसपी बोहराले भने।

अदालतले कप्तान लामिछानेलाई पक्राउ गर्न अनुमति दिएसँगै नेपाल क्रिकेट संघले नेपाली राष्ट्रिय टोलीका कप्तान समेत रहेका सन्दीपलाई निलम्बन गरेको छ। लामिछानेले आफ्नो ट्विटरको बायोबाट कप्तान भन्ने हटाइसकेका छन्। त्यस्तै, पक्राउ पुर्जी जारी भएको खबर पाएका लामिछानेले नेपाल फर्किने जानकारी दिएका छन्।

सोसल मिडियाबाट आफू निर्दोष रहेको दावी गर्दै उनले लिग छाडेर नेपाल आउने र कानुन बमोजिमको प्रक्रियामा सहभागी हुने बताएका छन्। उनले आरोपहरू निराधार भएको भन्दै कानुन सबैका लागि समान हुनेमा विश्वस्त रहेको लेखेका छन्। केही दिनमा नेपाल फर्किने भनेका लामिछाने कहिले नेपाल फर्किने भन्ने यकिन छैन।

पक्राउ पुर्जी जारी हुनुभन्दा अगाडि सन्दीपले क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लसँग सम्पर्क गरेका थिए। लामिछानेले क्यानसँग कानुनी सहयोग मागेको र केही समय फर्किने बताएका थिए। लामिछाने केन्याबाट क्यारेबियन प्रिमियर लिग खेल्न सेन्ट लुसियामा पुगेका थिए। जुन खेल क्लबको हो जहाँ क्यानसँग कुनै सरोकार रहन्न।

सन्दीपले नै क्लबसँग खेलको विषयमा डिल गरेका हुन्छन्। क्यानले केबल खेल्न जान अनुमतिमात्र दिने हो। सन्दीप नेपाल कहिले फर्किन्छन् भन्ने विषयमा जानकारी लिन उनका व्यवस्थापक रमन सिवाकोटीलाई सम्पर्क गर्न खोज्दा उनको मोबाइल स्वीच अफ थियो।

भदौ ५ गते कप्तान लामिछानेले किशोरीलाई बोलाएर होटेलमा लगेर क रणी गरेको उजुरीमा उल्लेख गरिएको छ। प्रहरीमा परेको उजुरी अनुसार साँझ लामिछानेले ती किशोरीलाई कफी खान भन्दै बोलाएका थिए। त्यसपछि नगरकोट घुम्न जाने भन्दै लगेका थिए। नगरकोटमा किशोरीले बस्न नमानेपछि उनीहरू फर्किएर गौशालाको एक होटेलमा पुगेका थिए। रातिको ११ बजेर ५५ मिनेटमा होटेलमा लगेर लामिछानेले किशोरीलाई पटक पटक कर णी गरेको उजुरीमा उल्लेख गरिएको छ। प्रहरीले होटेलमा गएर पनि लामिछानेको उपस्थितको बारेमा प्रमाण सङ्कलन गरिसेको छ।

आरोपी लामिछाने नेपाल बाहिर भए पनि प्रहरीले गर्ने अन्य अनुसन्धानहरू जारी छ। घटना भएको भनिएको होटेलमा पुगेर प्रहरीले प्राप्त गर्ने सक्ने प्रमाणहरू सङ्कलन गरिसकेको छ। त्यस्तै, पी डित किशोरीको स्वास्थ्य परीक्षणदेखि अन्य प्राविधिक पक्षका अनुसन्धान पनि जारी राखेको छ।

सँगै प्रहरीले सन्दीपको प्रतीक्षा गरिरहेको छ। घटनामा सन्दीपको बयान र घटना नभएको पुष्टि गर्ने आधार र प्रमाणहरू उनले पनि पेस गर्न पाउँछन्। अहिलेसम्म बाहिरिएको घटना पी डितको उजुरी र प्रहरीको केही अनुसन्धानको पाटोमात्र हो। सन्दीपले पेस गर्ने प्रमाण र बयानको आधारमा पनि प्रहरीले थप अनुसन्धान गर्नेछ। तर, प्रहरीले पक्राउ गर्ने अनुमति पाएकाले उनी विदेशबाट फर्किने बित्तिकै विमानस्थलबाट नै समातिने छन्।

सँगै प्रहरीले सन्दीपको प्रतीक्षा गरिरहेको छ। घटनामा सन्दीपको बयान र घटना नभएको पुष्टि गर्ने आधार र प्रमाणहरू उनले पनि पेस गर्न पाउँछन्। अहिलेसम्म बाहिरिएको घटना पी डितको उजुरी र प्रहरीको केही अनुसन्धानको पाटोमात्र हो। सन्दीपले पेस गर्ने प्रमाण र बयानको आधारमा पनि प्रहरीले थप अनुसन्धान गर्नेछ। तर, प्रहरीले पक्राउ गर्ने अनुमति पाएकाले उनी विदेशबाट फर्किने बित्तिकै विमानस्थलबाट नै समातिने छन्।

आखिर प्रहरीले सन्दीपलाई कहिलेसम्म कुर्छ त ? अर्को प्रश्न पनि जोडिएको छ। सन्दीप नेपाल नआए पनि प्रहरीको अनुसन्धान नै प्रभाव हुने भने होइन। सन्दीप चाँडै नै फर्किनेमा प्रहरी विश्वस्त छ। यदि उनी फर्किएनन् र अनुसन्धान गर्दै जाँदा उनी दोषी देखिने बलियो प्रमाण देखियो भने प्रहरीले इन्टरपोल मार्फत् पनि सन्दीपलाई झिकाउन सक्छ।

विभिन्न गम्भीर घटनामा संलग्न रहेर फरार भएका व्यक्तिको नाम रेड कर्नर नोटिस जारी गर्न सकिन्छ। यस्ता अभियुक्तको खोजी इन्टरपोलको सहयोगमा गरिन्छ। पछिल्लो समय नेपाल प्रहरीले रेड कर्नर नोटिस र एलो नोटिसमा जारी गर्दै विदेशबाट अभियुक्त र अपराधीलाई समेत ल्याएको छ।

नेपाल प्रहरीले पछिल्लो तीन महिनामा ८ जनालाई रेड कर्नर नोटिसमा समावेश गरेको छ। त्यस्तै, २ जनाको एलो नोटिसमा राखिएको छ। सन्दीपको लागि पनि यही प्रक्रिया प्रहरीले अपनाउन सक्छ। तर, अहिले सन्दीपको केसमा त्यति परसम्म सोचिनसकेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भरत बोहराले बताए।

सन्दीप नेपाल आएपछि प्रहरीले पक्राउ गरेको मितिले २४ दिनभित्र आफ्नो अनुसन्धान सकाएर बुझाउनुपर्ने हुन्छ। प्रहरीले अनुसन्धान सकेपछि आफ्नो राय सहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाउँछ। त्यसपछि सरकारी वकिल कार्यालयले प्रहरीको अनुसन्धान चित्त बुझेमात्र केस अदालतमा लग्छ। नत्र प्रहरीलाई पुन: अनुसन्धान गर्न भन्न पनि सक्छ।

त्यसो त मुद्दा चल्न नसक्ने देखिए त्यहीँबाट पनि सन्दीपलाई छोड्न आदेश दिनसक्छ। तर अनुसन्धान चित्त बुझेमा अदालतमा मुद्दा दर्ता हुन्छ। त्यसपछि अदालतमा बहसपछि सन्दीपका विषयमा तीन वटामध्ये एक आदेश दिन्छ – साधारण तारिकमा रिहा गर्ने, धरौटीमा रिहा गर्ने र अर्को पुर्पक्षका लागि जेल चलान गर्ने।