चुनावअघि नै १० जना पत्रकार विदेश लगेर नेताको पैसा खोज्दै दुर्गा प्रसाई

नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले अब हुने निर्वाचनको कुनै अर्थ नरहेको बताएका छन् । यो चुनावले पनि देशको विकास नहुने उनको टिप्पणी छ ।

उनले ०४६ सालदेखि यता भएका सबै निर्वाचनबाट जितेकाहरुले आफ्नो उमेर व्यतित गर्नुबाहेक देश र जनताको लागि केही पनि गर्न नसकेको आरोप लगाए ।

उनले देशमा नेताहरु धेरै भएर विकास नभएको आरोप लगाए । उनले देशमा अहिलेसम्म देश र जनताको लागि काम गर्ने नेता नै नजन्मिएको दाबी गरे ।

उनले मुलुकमा पछिल्लो समय दैनिक आत्महत्या गर्नेहरुको संख्या बढेको भन्दै यसतर्फ देशको नेतृत्वमा रहनेहरु गम्भीर नरहेको गुनासो पोखे ।

उनले देशको अर्थतन्त्र ५५ जना व्यापारी र १० जना नेताको हातमा रहेको बताए । कुराकानीकै क्रममा पत्रकार धमलाले कुन कुन नेताको पैसा विदेशी बैंकमा छ ?

भनेर सोधेको प्रश्नमा नेता प्रसाईले भने–‘मैले अघि नै भनिसके, १० जना नेताको म भन्छु, चुनाव आउँदैछ, म चुनाव अगाडि १० जना पत्रकार लिएर म युएई जान्छु, सिंगापुर जान्छु, अमेरिका जान्छु, स्विट्जरल्याण्डपनि जान्छु ।

यहाँ चुनाव लागोस, म त्यहाँ गएर खोज्छु ।’ उनले नेताहरुले देशलाई अब लिजमा दिने पनि आरोप लगाएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा। आरजु राणा पश्चिमाहरुबाट निर्देशित रहेको पनि आरोप लगाए ।

यो पनि – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग सोमबार पनि महाअभियोग सिफारिस समितिले बयान लिँदैछ ।आइतबारसम्म समितिले ३५ वटा प्रश्न सोधेको छ ।

अब आठ प्रश्न बाँकी छ । समितिले जबरासँग लिखित र मौखिक गरी ४३ प्रश्नको रोस्टर तयार पारेको थियो ।

आजै सबै प्रश्न सोधेर समितिले प्रतिवेदन संसदमा बुझाउने छ ।प्रतिनिधिसभाको कार्यकाल केही दिन मात्र बाँकी रहेकाले समितिले सोमबार नै बयान लिने काम सक्ने भएको समितिका एक सदस्यले जानकारी दिए ।

उनका अनुसार समितिले प्रतिवेदन लेखनको काम पनि जारी रहेकाले चाँडै प्रतिनिधिसभामा प्रतिवेदन बुझाउने छ ।

त्यसपछि संसदमा जबराविरुद्धको महाअभियोग प्रस्ताव निर्णयार्थ पेस गरिने छ ।एमालेले साथ दिए महाअभियोग पास हुन्छ, नभए हुन्न । त्यही भएर अहिले जबरा एमालेले आफूविरुद्ध मत नदिनेमा ढुक्क देखिएका छन् ।