सत्ता गठबन्धन भत्किने सम्भावना ह्वात्तै बढेका बेला किन झस्किए ईश्वर पोखरेल ?

सत्ता गठबन्धनमा आगामी चुनावका लागि सिट भागबण्डामा वि’वाद देखिएको मौका पारी प्रमुख प्रतिपक्षी दल नेकपा एमाले यतिखेर नयाँ रणनीतिमा जुटेको छ ।

लामो समयदेखिको गठबन्धन भत्काउने एमालेको सपना पूरा गर्ने मौकाका रुपमा अहिले सिट बाँडफाँटको बिषय पनि देखिएको छ ।

सत्ता गठबन्धनलाई कसरी फुटाउने भन्ने नीतिमा लागेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले बाम गठबन्धनका लागि अझै ढोका खुला राखेको संकेत दिएका छन् ।

यसले गठबन्धनमा आवद्ध नेकपा (माओवादी केन्द्र) लगायत बामपन्थी दलहरूको सिट बार्गेनिङ बढाउन सहयोग पुगेको छ ।

मङ्सिर ४ को निर्वाचनको तयारीसँगै रणनीति तय गर्ने क्रममा ओलीले अहिलेको गठबन्धन निर्वाचनको केही साता अघिसम्म भत्किन सक्ने सम्भावनालाई कायम राख्दै वाम गठबन्धनको ढोका खुलै राखेर अघि बढ्ने चुनावी रणनीति बनाएका हुन् ।

तर, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतका केही नेताले त्यसलाई अ’वरोध गरिरहेका छन् । एमालेमा पनि दोस्रो तहका नेताहरू सिट खोसिने ड’रले गठबन्धन नभइदिए हुने पक्षमा रहेको स्रोतको दाबी छ ।

तत्काल एमालेको नेतृत्वमा अर्को गठबन्धन बनाउने निर्णय गरिनसकेको तर सम्भावित विकल्पलाई खुला राख्ने भन्दै ओली पाँच दलीय सत्ता गठबन्धनप्रति आ’क्रामक बनेका छन् ।

ओलीले पार्टीको आन्तरिक रणनीतिमा भनेका छन्– ‘सत्तारूढ गठबन्धन तोड्नुपर्छ, अर्को गठबन्धन गर्नुपर्छ भनेर गीत गाउने विषय होइन, झ्याली पिटाउने पनि होइन ।’ सिद्धान्तविहीन, पहिचानविहीन र नीतिविहीन गठबन्धनले उद्देश्य हासिल गर्न नसक्ने ओलीको तर्क छ ।

उनले कार्यकर्तालाई भनेका छन्– ‘एमालेको नेतृत्वमा अर्को गठबन्धन बन्न पनि सक्छ, एक्लै लड्नुपर्ने पनि हुन सक्छ तर कांग्रेस र माओवादी जहाँ मिल्दैनन् त्यहाँ एक अर्कालाई सहयोग गर्ने वातावरण तय हुन्छ ।’

सिट बाँडफाँटसँगै प्रधानमन्त्री, राष्ट्रपति, सभामुख, उपराष्ट्रपति, उपसभामुखसहितको राजकीय शक्ति बाँडफाँट अभिन्न रूपले जोडिएकाले अहिलेको सत्ता गठबन्धन कुनै पनि बेला भ’त्किन वा तोडिन सक्ने एमालेको आँकलन छ ।

सत्तारूढभित्र पनि विशेषतः कांग्रेस र माओवादी केन्द्रले बढी सिटका लागि दाउपेच गर्दा एकीकृत समाजवादी, जसपासहितका दल उपेक्षामा पर्न सक्ने भएकाले वैकल्पिक गठबन्धन वा तालमेलका लागि एमालेले पनि आन्तरिक रूपमा प्रयत्न गर्नुपर्ने मत बलियो बन्दै गएको एमालेका एक नेताले बताए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त कांग्रेसलाई सिट संख्यामा गलाउन एमालेसँग मिल्ने सक्ने भन्दै ध’म्की दिउका छन्।

उता नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि सम्मानजनक सिट नभएर गठबन्धन हुन नसक्ने अभिव्यक्तिहरू दिइरहेका छन् ।

एमालेले यिनै अभिव्यक्तिहरूलाई मलजल गर्दै गठबन्धन फुटाउने रणनीतिमा लागे पनि सत्ता गठबन्धनमा समस्या नआउने नेपाली कांग्रेस केन्द्रीय नेताहरूले बताएका बताए ।

माओवादी केन्द्र र एकीकृत समाजवादीका दोस्रो तहका नेताहरू पनि एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, विष्णु पौडेल, सुवास नेम्वाङ, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली, सचिवहरू गोकर्ण विष्टलगायत नेतासँग अनौपचारिक अनौपचारिक संवाद भने गरिरहेका छन् ।

पाँच दलीय गठबन्धनभित्र सिट बाँडफाँटमा सकस परिरहेका बेला महन्थ ठाकुर नेतृत्वको लोसपा, डा बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी नेपाल र वामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानसहित थप तीन पार्टीसमेत अडिन सक्ने अवस्था नरहेको एमालेको बुझाइ छ ।

सत्तामा पुग्न अनेकन दाउ रचेका ओलीले शनिबार मात्रै बालुवाटार पुगेर सबै पार्टी एक्लाएक्लै लड्नका लागि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् ।

देउवासँग गठबन्धन फु’टे पनि माओवादीलाई नबोक्ने सर्त राखेर गठबन्धनको फुटपछि चुनावी परिणाम राम्रो ल्याउने चाहना ओलीको छ ।