ज्ञानेन्द्र मल्लकाे बर्थ डेमा लेखिएको शुभकामनाले लाग्याे सन्दीपलाइ झड्का, पुगे विक्षिप्त हुने अवस्थामा !

काठमाडौं । राष्ट्रिय टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लको आज जन्मदिन।

हालै क्यान विरुद्ध बोलेको भन्दै अनुशासनको कारवाहीमा परेपछि उनी कप्तानबाट हटेका थिए। नयाँ कप्तान सन्दीप लामिछाने बनेका थिए।

शुक्रबार क्यानको अफिसियल पेजबाट क्यानले पृष्ठभूमीमा कप्तान लेखेको फोटो राख्दै जन्मदिनको शुभकामना दिएको छ।

बलात्कारको मुद्धामा मुछिएपछि हालका कप्तान लामिछाने निलम्बनमा परेका छन्।

हाल क्यारेबियन मुलुकमा रहेका सन्दीपले भने आफू निर्दोष रहेको र कानुनले सबै निक्र्यौल गर्ने बताइसकेका छन्।

सन्दीप नेपाल आए उनलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाउने प्रहरीको तयारी छ।