प्रचण्डले भने ‘म प्रधानमन्त्री बन्न देशका लागि फाइदाजनक छैन ‘

काठमाडौं २४ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन पछि आफु प्रधानमन्त्री बन्ने रेशमा नभएको बताएका छन् ।

शुक्रबार पोखरामा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले यस विषयमा सत्ता गठबन्धनमा छलफल गर्ने पक्षमा आफूहरू नरहेको भन्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

प्रधानमन्त्रीको हुने भन्ने नटुंगिएका कारण सिट बाँडफाँटमा सहमति नभएको भन्ने विषय पनि सत्य नभएको स्पष्ट पारेका प्रचण्डले आफु प्रधानमन्त्री हुने भएका गएको २०७४ सालको निर्वाचनमा पाँचै वर्षका लागि प्रधानमन्त्री बनिसक्ने बताए ।

‘प्रधानमन्त्रीकै इच्छा गरेको भए २०७४ मै पाँचै वर्षका लागि म प्रधानमन्त्री हुन सक्थें। मेरा लागि त्यो ढोका खुला थियो। तर मैले वाम एकतालाई ठूलो माने र विकास ठूलो भनेर त्यसबेला प्रधानमन्त्री छाडेको हो, ‘ प्रचण्डले भने ।

अहिले पनि प्रधानमन्त्री बन्न चाहने हो भने बन्ने स्थिति छ तर आफु बन्न नहुने भन्दै उनले यो देशका लागि फाइदाजनक नहुने पनि बताए । चुनावपछि के हुन्छ चुनावी परिणामले देखाउँने प्रचण्डले बताए ।