बालेन शाह श्रीमती सहित निस्किए फिल्डमा, राजा रानी जस्तै सजिएर इन्द्रजात्रामा आज जे देखियो

काठमाडौँ |काठमाडौं उपत्यकाको ठूलो पर्व इन्द्रजात्राको विशेष कार्यक्रम शुक्रबार बसन्तपुरमा सञ्चालन हुँदैछ ।

काठमाडौं महानगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रम शुक्रबार अपरान्ह सुरु हुनेछ ।इन्द्रजात्रा विशेष कार्यक्रम हेर्न सर्वसाधारणको ठूलो संख्या बसन्तपुर क्षेत्रमा भेला भएको छ ।

काठमाडौं उपत्यकाका नेवारहरूले मनाउँदै आएको इन्द्रजात्रा पर्व यसपालि कोरोना कहरका कारण केही अप्ठेरोमा प-यो, पहिलेजस्तो हर्षोल्लासका साथ मनाउन पाएनन्।इन्द्रजात्रा व्यवस्थापन समितिको २०७७ साउन ३० को बैठकले यसपालिको इन्द्रजात्रामा आवश्यक पूजाबाहेक जात्रामा देवदेवी ननिकाल्ने भनी देवताहरूसँग क्षमा माग्दै जात्रा स्थगित गरेको सूचना जारी गरेको थियो।

दुर्घटनामा परेर हेटौंडाका बस्नेत घाइते
मकवानपुर । मकवानपुरको हेटौंडामा सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् । बिहीबार हिउँसो हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ कमाने बिरेन्द्र चोकस्थित भित्री सडकखण्डमा हरियाली बाट पशुपतिनगर आउँदै गरेको बा ८१ प ५२५० नं.को मोटरसाइकले ठक्कर दिँदा एक जना घाइते भएका हुन् ।

घाइते हुनेमा स्थानीय ७२ वर्षीय जलबहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार, दुर्घटनामा परेर घाइते भएका उनलाई उपचारको लागि सन्चो अस्पतालमा पठाइएको थियो ।उनको त्यहाँ उपचार सम्भव नभएपश्चात थप उपचारको लागि दिउँसो नै चितवन मेडिकललेजमा पठाइएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।