३५ वर्षीया महिलाले गरिन् आत्महत्या !

पाल्पामा एक महिलाले आफ्नै घरमा आत्महत्या गरेकी छिन् ।

तानसेन नगरपालिका-१२ लुङ बस्ने अन्दाजी ३५ वर्षीया पार्बती बि.क. ले आफ्नै कोठामा रहेको काठको बलोमा चुन्निको पासो लगाई आत्महत्या गरेको पाल्पा प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र थापाले बताए ।

थापाका अनुसार आज (बुधबार) बिहान अन्दाजी ८:४५ बजे उनले आत्महत्या गरेकी हुन् ।

मृतकका श्रीमान वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा छन् । उनीहरूको एक सात वर्षीय छोरा समेत छन् ।