बालेन असनमा : धमाधम हटाइँदै फुटपाथ व्यापार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले असन क्षेत्रको फुटपाथको व्यापार र अवैध संरचना हटाउन निर्देशन दिएका छन् । यससँगै महानगर प्रहरी लगाएर फुटपाथ पसलहरु हटाउन थालेको छ ।

असनको इन्द्रचोक क्षेत्र लगायतमा अव्यवस्थित रुपमा सञ्चालनमा भइरहेका पसलहरु, पार्किङ तथा असनका गल्ली गल्लीमा राखिएका फुटपाथ पसल प्रहरीले हटाउन थालेको छ ।

असन क्षेत्रमा पसलको एरियाभन्दा बाहिर पनि झुन्ड्याएर तथा फुटपाथ मिचेर राखिएका भाँडाकुँडा, क्रिष्टलका सामग्रीहरु, लत्ता कपडा, खेलौना आदि लगायत सामग्रीहरु भोलि बिहानसम्म हटाउन निर्देशन दिइएको छ । अटेर लगाएमा प्रहरीले ती पसल जफत गर्ने बताइएको छ ।