पल प्रकरण : न्यायाधीश आचार्यको इजलासमा नवलपुरमा बहस जारी, के आज छुट्छन् त ?

काठमाडौं ।

नायक पल शाह कहिले छुट्लान् ? सारा नेपाली कला प्रेमी दर्शकहरुको प्रश्न हो यो ।

नायक पलको आज नवलपुर जिल्ला अदालतमा नायक पल शाहको ब ला,त्कारसम्बन्धी मुद्दा फैसला गर्न अहिले बहस भइरहेको छ ।

न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासमा अहिले बहस जारी छ । पललाई न्यायाधीश आचार्यले सफाइ दिएको अवस्थामा उनी आज नै नछुट्ने स्रोतको दाबी छ ।

तनहुँ जिल्ला अदालतले शाहलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेकाले उनी थुनामै रहनुपर्ने अवस्थाकाबिच पलको तर्फबाट ६- ७ जना कानुन व्यवसायीले बहसका लागि वकालतनामा भरेका थिए ।

स्रोतका अनुसार जारी इजलासले शाहविरुद्ध लागेको आरोप ठहर्ने वा नठहर्नेमध्ये आज एउटा फैशला हुनेछ ।

पिडित गायिकाले नवलपुर र तनहुँ गरी दुई ठाउँमा उजुरी दिएपछि शाहले दुइटै जिल्ला अदालतमा एकै पीडितबाट ब लात्कार मुद्दा खेपिरहेका छन् ।