एकीकृत समाजवादीको बलियो खम्बा ढल्यो, माधव नेपालका दाहिने हात नै एमालेमा प्रवेश !

काठमाडौं ।

नेकपा एकीकृत समाजवादी नेता तथा अध्यक्ष माधव नेपालका बिश्वासपात्र एमालेमा प्रवेश गरेका छन् । केही समयअघि समाजवादीतिर लागेका कर्मचारी नेता भोला पोखरेल एमालेमै फर्केका हुन् । पोखरेल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी एमालेमै फर्किएका हु्न्। अध्यक्ष ओलीले पोखरेललाई पार्टीमा स्वागत गरे ।

पोखरेले माधव नेपाल नेतृत्वको दलमा आवद्ध कर्मचारीका प्रमुख ब्यक्तिका साथै कर्मचारीको आधिकारिक ट्रेड युनियन महासंघको पनि नेतृत्वकर्ता हुन्
।पोखरेल बिगत लामो समयदेखि माधव नेपालका बिश्वासपात्रका रुपमा थिए । पछिल्लो समय माधवले कम्युनिष्ट आन्दो’लनबि’रुद्ध अभियान चलाउन थालेपछि क्रमशः एमालेमै फर्कने निर्णयमा पोखरेल पुगेका हुन् ।

पोखरेलले माधव नेपालले योजनावद्ध रुपमा नेपाली कम्युनिष्ट आ’न्दोलनबिरु’द्ध अभियान चलाउने योजना थाह भइसकेकोले अव कोही पनि इमान्दार कम्युनिष्ट कार्यकर्ता त्यता नरहने बताए ।

आजदेखि दल दर्ता
निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका लागि हुने आगामी निर्वाचन प्रयोजनका लागि आज देखि राजनीतिक दल दर्ता सुरु गर्ने भएको छ ।सरकारले मङ्सिर ४ गते निर्वाचनको मिति घोषणा गरेपछि आयोगले निर्वाचन तयारी तथा व्यवस्थापनअन्तर्गत दल दर्ता आह्वान गरेको हो। निर्वाचन सहभागी हुने राजनैतिक दलले आजदेखि ३१ गतेभित्र आयोगमा दल दर्ता गर्न सक्नेछन् ।

दल दर्ताको लागि निवेदन दिँदा राजनीतिक दलको विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गरेको मिति र दलको केन्द्रीय स्तर र प्रदेश स्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति समेत उल्लेख गर्नुपर्ने आयोगले जनाएको छ ।

यसरी दल दर्ताको लागि निवेदन दिँदा प्रतिनिधिसभा सदस्यको छुट्टै र प्रदेशसभा सदस्यको हकमा प्रदेशगत रुपमा ७ वटा प्रदेशको लागि छुट्टाछुट्टै निवेदन पेश गर्नुपर्ने आयोगले जनाएको छ ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम २ वा सो भन्दा बढी दलले एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिने प्रयोजनको लागि दल दर्ताको निवेदन दिँदा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची९१३ बमोजिमको ढाँचामा निवेदन दिनु पर्ने व्यवस्था गरिएको पनि आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नागरिकता विधेयक नागरिकको हितमा छैन – प्रदीप ज्ञवाली
नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले नागरिकता विधेयक नागरिकको हितमा नरहेको टिप्पणी गरेका छन् ।प्रेस चौतारी नेपाल रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले नेपाली नागरिकले विना कुनै बहानामा नागरिकता पाउनुपर्नेमा सन्देह नभए पनि अहिले सरकारले ल्याएको विधेयक त्रु टिपूर्ण रहेको आ’रोप लगाए ।

‘राज्य व्यवस्था समितिमा जुटेको सहमति विपरीत सरकारले विधेयक ल्याएको छ, यो देशको हितमा छैन’, उनले भने ।एमालले नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अङ्गीकृत नागरिकता दिने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेको जानकारी गराउँदै नेता ज्ञवालीले प्रचलित ऐ’नअनुसार वैवाहिक अङ्गीकृत नागरिकता विवाह गरेर आउने बित्तिकै प्राप्तिका लागि प्रक्रिया अगाडि बढाउन सकिने भएकाले उचित नभएको बताए ।

वैवाहिक अङ्गी कृत नागरिकताको सवालमा केही मापदण्ड राख्ने तर उनीहरूलाई कुनै प्रकारको व्यवसाय, नोकरी गर्न नरोक्ने गरी व्यवस्था गर्न सकिने उनको भनाइ छ ।

मुलुक गम्भीर संकटमा पर्दैछ अर्थात राजसंस्था फर्किन्छ भन्ने सूचना पाएको छु: डा. बाबुराम
जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद‍् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले मुलुकप्रति गम्भीर घात हुन लागेको सूचना आफूले पाएको र त्यो सूचना प्रधानमन्त्री केपी शर्मा ओलीदेखि राजनीतिक दलका शीर्ष नेताहरुलाई जानकारी गराएको बताएका छन् ।

सूचना के हो भन्ने नखुलाएका भट्टराईले कुनै दिन यथार्थ बाहिर ल्याउने तर अहिले बेला नभएको उल्लेख गरेका छन् । हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’सँगको कुराकानीमा डा. भट्टराईले यो कुरा उल्लेख गरेका हुन् ।

वैशाख १३ गते करिब–करिब मध्यरातमा मेरो जीवनमा यस्तो एउटा घटना घटेको छ यो आज पनि उद्घाटित गर्दिनँ, तपाईंलाई संकेत मात्र गर्छु,’ डा. भट्टराइले भनेका छन्, ‘कुनै दिन मैले नेपाली जनतालाई बुझाउनुपर्छ किनकी म देशको सार्वभौमिकता, स्वाधिनता, देशको लोकतन्त्र र संविधानप्रति बफादार रहन भनेर सपथ लिएको पूर्व प्रधानमन्त्री हो ।’

उनले देश गम्भीर संकटमा पर्दैछ भन्ने सूचना पार्टीका जिम्मेवार नेता र अन्य पार्टीका शीर्ष नेताहरुलाई पनि जानकारी गराएको बताएका छन् ।‘त्यसैले मसँग भएका सूचना मैले कुनै दिन नेपाली जनतालाई बताउनुपर्छ । यो देशको कुर्सीमा बसेको प्रधानमन्त्री केपी ओलीलाई मैले यो कुराको जानकारी गराएर देशलाई बचाउनुपर्छ भनेर विशुद्ध आत्मा लिएर म उनीकहाँ गएको हो ।’ भट्टराईले ओलीसँगको मध्यरातको भेटबारे बताएका छन् ।

सो सूचनाको आधारमा देशलाई बचाउने हो भने केही गम्भीर कदम चाल्नुपर्छ भन्दै प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न भनेको उनको दावी छ ।‘तपाईंले मार्ग प्रशस्त गर्नुस् एउटा राष्ट्रिय सहमतिको सरकार बनाएर जाउँ, पूर्व प्रधानमन्त्रीहरु आकाँक्षी बन्नु हुँदैन, सबैलाई मान्य हुने व्यक्ति खोजेर देशलाई निकास दिउँ भन्न म गएको हुँ,’ उनले भने, ‘मुलुकको सार्वभौमसत्ता, संविधान, स्वतन्त्रतासँग सम्बन्धित विषयमा त्यस्तो कुनै घात हुँदैछ भनेर मैले मेरो देशको प्रधानमन्त्रीलाई सूचित गरेको हो । तर मैले त्यस्तो गम्भीर विषय उठाउँदा उनले विषयान्तर गरे ।’

देशभित्र र बाहिर रहेका तत्वहरुको ठूलो ग्राण्ड डिजाइन अनुसार पाँच पुसदेखि जेठ ८ गते मध्यरातसम्मका परिघटना भएको भट्टराईको दाबी छ । उनले घुमाउरो पारामा देशमा फेरि राजसंस्था फर्किन सक्ने बिचार व्यक्त गरेको प्रष्ट बुझ्न सकिन्छ जुन हुन पनि सक्छ नहुन पनि सक्छ ।