प्रधानमन्त्री बन्न कस्सिएकी आरजुलाई नसोचेको झट्का, कैलालीबाट आएको गोप्य सूचनाले तनाव

काठमाडौँ – आगामी मंसिर ४ गते प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । उक्त निर्वाचन पछि प्रधानमन्त्री बन्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा कस्सिएकी छन् । प्रधानमन्त्री बन्नका लागि प्रत्यक्ष तर्फ प्रतिनिधिसभाको निर्वाचन जितेर आउन पर्ने हुन्छ ।

त्यसका लागि राणाले जित सुनिश्चित हुने निर्वाचन क्षेत्र खोजिरहेकी छन् । अघिल्लो निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ मा एमाले उमेदवार नारदमुनी रानासँग पराजित भएकी राणा यस पटक त्यहीबाट लड्नेकी अनेत्र जाने भन्ने दोधारमा छन् ।

पाँच बर्षमा परिस्थिति बदलिएको छ । अघिल्लो पटक बाम गठबन्धनको तर्फबाट नारदमुनी राना निर्वाचित भएका थिए भने यस पटक माओवादीको समेत समर्थनमा आरजु उमेदवार बन्ने छिन् । तुलनात्मक रुपमा उनी यस पटक बलियो भए पनि रियल ग्राउण्ड भने आरजुका लागि त्यत्ति सहज नभएको चर्चा सुरु भएको छ ।

आरजुको निर्वाचन क्षेत्र समेत पर्ने धनगढी उपमहानगरपालिकामा स्थानिय तहको निर्वाचनमै स्वतन्त्र उमेदवार निर्वाचित भएका छन् भने आरजु राणासँग काग्रेसकै ठूलो पंक्ति समेत खुशि नभएका कारण उनलाई चुनाव जित्न हम्मे हम्मे पर्ने विश्लेषण सुरु भएको छ ।

गठबन्धननै गर्दा पनि आरजुलाई निर्वाचन जित्न फलामको चिउरा चपाउँनु सरह हुन सक्ने विश्लेषण सुरु भएको छ । सिधा हेर्दा गठबन्धनको मतले आरजुले चुनाव जित्ने देखिए पनि उनकै व्यक्तिगत कारणले गारो पर्न सक्ने जानकारहरुले बताएका छन् । माओवादीको भोट पनि आरजुले पुरै नपाउँने र काग्रेसकै पनि ठूलो खेमाले उनलाई मन नपराउँने हुनाले हिसाब गरेको सबै भोट नखस्ने अनुमान गरिएको छ ।

चुनाव पछि शेरबहादुर देउवाको स्वास्थ्यले साथ नदिए आरजु राणा प्रधानमन्त्री बन्न सक्ने चर्चाका कारण पनि उनलाई निर्वाचनमा गारो पर्न सक्ने चर्चा चलेको छ । कुनै नेताकी श्रीमती भएकै कारण प्रधानमन्त्री बनाइनु गलत भएको भन्दै पुराना काग्रेसी नेताहरुनै रुष्ट भएको बताइन्छ । जसको असर मतदानमा पर्न सक्ने आकलन गरिएको छ ।

आरजुलाई कैलाली ५ मा सबैभन्दा अप्ठेरो पार्ने फ्याक्टर भनेको काग्रेसले कारबाही गरेका पुराना नेता पुष्कर नाथ ओझा हो । काग्रेसका पुराना र स्थानिय स्तरमा निकै लोकप्रिय रहेका नेता ओझालाई काग्रेसले कारबाही गरेको छ उनी पुरै शक्तिका साथ आरजुलाई हराउँन लाग्ने छन् ।

अघिल्लो निर्वाचनमा पनि ओझाको असहयोगका कारण आरजु पराजित भएकी थिइन् । स्थानीय तहको निर्वाचनमा पनि ओझा टिमले स्वतन्त्र उमेदवार गोपाल हमाललाई सहयोग गरेको थियो । स्वतन्त्र उमेदवार हमालले कमाल गर्नुका पछाडी ओझाहरुको हात रहेको बतान्छ ।

आरजुलाई चुनाव हराउँनका लागि ओझालाई साथ दिनेमा महासमिति सदस्य आनन्दराज जोशी, तत्कालीन जिल्ला सचिव पूर्ण कुँवर, महाधिवेशन प्रतिनिधि बब्लु चौधरी लगायत पनि साथमा हुने बताइएको छ । अंकगणित चुनाव जित्ने खालको देखिए पनि व्यवहारिक कठिनाइका कारण आरजुलाई कैलाली ५ सहज नभएको बताइन्छ ।

यता रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको पनि कैलालीमा राम्रो प्रभाव क्षेत्र मानिन्छ । रेशम चौधरीको पक्षमा कैलालीमा राम्रो समर्थन रहेका पाइन्छ । काग्रेस, माओवादी केन्द्र लगायतका दलले गठबन्धन गरेर आरजुलाई उमेदवार बनाएको अवस्थामा एमाले र रेशम चौधरीको पार्टीका विचमा पनि गठबन्धन हुन सक्ने आकलन गरिएको छ , त्यस्तो अवस्था आरजुका लागि झनै कठिन हुने चर्चा राजनितीक वृतमा चल्न थालेको छ ।

गेटा मेडिकल कलेज फ्याक्टरले पनि आरजुलाई कैलाली ५ मा पसिना छुटाउँने संकेत देखिएको छ । गेटालाई अलपत्र पारेर देउवाले आफ्नै गृहजिल्‍लामा मेडिकल कलेज खोल्न खोजेको भन्दै स्थानीयस्तरमा विरोध समेत भयो। राणाका प्रतिष्पर्धी एमालेका नारदमुनि रानाले यसलाई ‘चुनावी अजेन्डा’ बनाउने संकेत गरिसकेका छन्।

उनले बुधबारको प्रतिनिधि सभामा भनेका छन्, ‘गेटा मेडिकल कलेजका ३६ वटा भवनले सरकार खोजिरहेका छन्। सरकारले न प्रतिष्ठान बनाउन चासो देखाएको छ, न मेडिकल कलेज बनाउन चाहेको छ, न स्वास्थ्य विज्ञान विश्वविद्यालय। स्थानीय जनता भनिरहेका छन्, ‘हामी कसलाई सुनाऔं, कसलाई भनौं ?’