प्रचण्डले निर्वाचन आयोगलाई बालै नदिएपछि, हुलाक मार्फत प्रचण्डसंग यसरि ठोकिन पुग्यो आयोग !

काठमाडौं – निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगले दिएको पत्र बुझ्न अटेरी गर्दै उनको नाममा आएको पत्र फिर्ता पठाईदिएपछि अर्को विकल्प मार्फत आयोग प्रचण्डसंग ठोकिएको छ। माओवादीको केन्द्रीय कार्यालयमा पत्र दिँदा नबुझेपछि आयोगले हुलाकमार्फत पत्र पठाएर प्रचण्डसंग ठोकिएको हो।

गत साउन ९ गते नरबहादुर कर्मचार्य स्मृति दिवसमा आयोजित कार्यक्रममा प्रचण्डले गाउँपालिका अध्यक्षमा चुनाव जित्नका लागि १० करोड रुपैयाँसम्म खर्च भएको जानकारी आफूलाई आएको अभिव्यक्ति दिएका थिए सोहि अभिव्यक्तिलाई आधार बनाएर आयोगले प्रचण्डलाई लिखित जवाफ सहितको काटेको थियो ।

आयोगले स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षले तीन लाख खर्च गर्न पाउने व्यवस्था रहेको सम्झाउँदै १० करोड खर्च गर्ने उमेदवारको सूचना दिए कारबाही गर्ने बताउदै पत्र पठाएको बुझिएको छ ।

आयोगबाट तोकिएको हदभन्दा बढी खर्च गर्ने तथा निजहरुले गरेको खर्र्चको विवरण आयोगले तोकेको कार्यालय समक्ष नबुझाउने उमेदवारमाथि कारबाही प्रकृया सुरु गरिसकेको अवस्था रहेको हुँदा सञ्चार माध्यमहरुमा प्रकाशित प्रसारित भएको तपाईंको अभिव्यक्ति बमोजिम तपाईंले पाएको सूचना अनुसारको गाउँपालिकाको अध्यक्षमा चुनाव जित्न १० करोड रुपैयाँसम्म खर्च गर्ने उमेदवारबारे सूचनाको साथै आयोगले तोकेको खर्चको हदभन्दा बढी खर्च गर्ने उमेदवार बारेको वस्तुगत सूचना आयोगमा उपलब्ध गराई सहयोग गरिदिन हुन अनुरोध गरिन्छ,” आयोगका कानुन अधिकृत मोहनराज जोशीले काटेको पत्रमा उल्लेख छ ।

साउन १० गते नै पत्र पठाए पनि प्रचण्डबाट त्यसको जवाफ भने नआएको आयोग स्रोतले जनाएको छ ।

माओवादीको केन्द्रीय कार्यालयमा पत्र दिँदा नबुझेपछि आयोगले हुलाकमार्फत पठाएको हो । हालसम्म त्यसको जवाफ आएको छैन । सायद, आउला,” आयोग स्रोतले भन्यो ।