बालेन शाहको आक्रोश: ‘डीएनए टेस्टका लागि एउटी आमा जल्न तयार हुनुपर्ने हो?’

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साहले न्याय माग गर्दै आमरण अनशनमा रहेकी कुमारी आमा नामले परिचीत निहारिका राजपूतलाई भेटेका छन् ।

आज शनिवार टिचिङ अस्पताल पुगेर साहले निहारिकालाई भेटको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गर्दै बच्चाको डीएनए टेस्ट गर्ने सामान्य माग पूरा नभएकोमा रोष प्रकट गरेका छन् ।

उनले लेखेका छन्, ‘आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रै’छ । यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने रु यो अति हो । यो अत्याचार हो । कानूनी राज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन ।’

निहारिकाले बालेनसँग आफुलाई न्याय मात्रै चाहिएको भन्दै यसमा सहयोग गरिदिन आग्रह गरिन् ।