चुनाव खर्च उठाउन चौधरीले चाउचाउको भाउ बढाए र तौल घटाए

काठमाडौं । नेपालको गाउँ होस् अथवा शहर । केहि बर्ष यताबाट खाजामा चाउचाउ लोकप्रिय हुदै गरेको छ । सबै परिवारमा खाजाका रुपमा तत्काल तयार हुने चाउचाउलाई प्रयोग गर्न हरेक दिन देखि व्यक्तिको रोजाइमा पर्ने गरेको छ । चाउचाउमा पनि चौधरी समूहले उत्पादन गर्ने गरेको वाइवाइ चाउचाउ नेपाली समाजमा सर्वाधिक लोकप्रिय रहेको छ । र, कतिपय व्यक्तिले चाउचाउ भनेको वाइवाइको रुपमा बुझ्ने गरेका छन् ।

यसरी नेपाली समाजमा खाजाको रुपमा सर्वाधिक लोकप्रिय रहेको वाइवाइलाई लिएर निर्माता चौधरी समूहले उपभोक्तालाई लाज नै नमानि ठग्ने गरेको छ । विश्वको अर्बपतिको सूचिमा परेका विनोध चौधरीले वाइवाइ चाउचाउमार्फत जनतालाई ठग्ने र यो ब्राण्डको लोकप्रियताको शोषण गर्ने काम विगत ६ महिनादेखि गर्दै आएका छन् । चौधरी समूहले ७५ ग्रामको चाउचाउको पोकालाई एकातिर ६५ ग्राममा झारेको छ भने अर्काेतिर मूल्य भने २० रुपैयाँबाट बढाएर प्रति प्याकेट २५ रुपैयाँ पु¥याएको छ ।

नेपली कांग्रेसका समानुपातिक सांसद रहेका र अब आगामि मंसिर ४ गते हुने प्रत्यक्षतर्फको निर्वाचनमा पुर्वि नवलपरासीबाट उम्मेदवार हुने योजनामा रहेका चौधरीले आफ्नो चुनाव खर्च उठाउनका लागि यसरी लोकप्रिय ब्राण्डको वाइवाइ चाउचाउको प्रति पोकामा तौल घटाउने र मूल्य बढाउने जस्तो दोहोरो शोषण गर्ने र उपभोक्ता ठग्ने काम गर्ने गरेको स्थिति रहेको छ ।

यस सम्बन्धमा वाणिज्य विभागले आफूलाई जानकारी नभएको भनेर चौधरी समूहले गरेको तर्फका उपभोक्ता ठग्ने कामको प्रतिरक्षा गरेको छ । चौधरी समूहले आफूलाई सम्पन्नताको शिखरमा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको वाइवाइ चाउचाउमार्फत उपभोक्ता शोषण गर्न अपनाएको यो ब्यापारको आरचण विपरितको निर्णयप्रति आम जनताले तीब्र आक्रोश व्यक्त गरेका छन् । तर, सरोकारवाला वाणिज्य विभाग भने आफूलाई यस सम्बन्धमा जानकारी नभएको भनेर चौधरी समूहको प्रतिरक्षा गर्ने काम गरिरहेको छ ।