लाउलाउ खाउखाउ भन्ने कलिलै उमेरमा संसार छोडिन, कारण थाहा पाउदा सबैको आखा रसाउछ

प्रेमीले धोका दिएको भन्दै एक २१ वर्षीया छात्राले आत्महत्या गरेकी छन् ! सुष्मा कलेज इटहरी कक्षा १२ मा म्यानेजमेन्ट पढ्दै गरेकी घिमिरेले आफ्नो प्रेमीले चिट गरेको हुनाले आत्माहत्या गरेको बुझिएको छ ।

इटहरी सुष्मा कलेजमा कक्षा १२ मा अध्ययन गर्दै आएकी उनले कोठामा सलको पासो लगाएर आत्महत्या गरेकी इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्काले बताएका छन् ।

उनी इटहरी दिदी भिनाजुकोमा बस्ने गरेकी थिइन् ।अाफन्तका अनुसार सोमबार साँझ ५ बजेतिर कोठा खोल्ना नखोलिएपछि ढोका फोरेर हेर्दा सलको पासो लगाएको अवस्थामा भेटिएकी हुन् ।

मृतकको पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

उनले आत्महत्या गर्नु आगाडी कुनै केटिको लाइफ सँग खेल्नु हुन्न नि केटाहरु भन्दै एक भिडियो समेत सेयर गरेकी थिइन् !

उता मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित सलकपुरमा ट्रक कन्टेनरभित्र शव भेटिएको छ । ना ३ ख ४७४३ नं को ट्रक कन्टेरभित्र मंगलवार (आज) बिहान एक पुरुषको शव भेटिएको हो ।

अन्दाजी ३०–३५ वर्षको पुरुषको शव ट्रकभित्र फेला परेको प्रहरीले जनाएको छ । कन्टेनर केही दिनदेखि त्यहाँ रोकेर राखिएको थियो । शवको पहिचान नखुलेको मोरङ प्रहरीले जनाएको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय बेलबारीको टोली पुगेर थप घटनाको अनुसन्धान शुरु गरेको छ ।