पुष्पलालले किन लत्याएका थिए राजा महेन्द्रको प्रधानमन्त्रीको प्रस्ताव ?

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले कांग्रेस र कम्युनिस्ट मिलेर नेपालमा लोकतान्त्रिक आन्दोलन गर्ने नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलालको कार्यनीति सफल भएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्क ९एनआरएन० को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै ज्ञवालीले भने, “पुष्पलालको संयुक्त जनआन्दोलनको कार्यनीति मान्न सुरुमा नेपाली कांग्रेस तयार भएन ।

उहाँको विचारलाई कम्युनिस्ट नेताहरुले नै ग’लत ठह’राए । २०३० मा मोहनविक्रम सिंहले कांग्रेसको पुच्छर गद्दा’र पुष्पलाल भनेर पुस्तक नै लेख्नुभयो । पुष्पलालको विचार २०४६ मा आएर मात्र सफल भयो ।”

पुष्पलालले राजा महेन्द्रको प्रधानमन्त्री प्रस्ताव समेत लत्या’एको स्मरण नेता ज्ञवालीले गरे । उनले थपे, “पुष्पलाल इमानदार, बौद्धिक व्यक्ति हुनुहुन्थ्यो । सादा जीवन उच्च विचारको हिमायती हुनुहुन्थ्यो ।

उहाँले सहिद दाजु गंगालालको सपना पूरा गर्ने प्रतिबद्धता गर्नुभएको थियो । त्यसैले सम्पूर्ण सुख सुविधालाई लत्या’उनुभयो । प्रवासमा चनामात्र खाएर बस्दा अ’ल्सर भयो र दुः’खद नि’धन भयो ।

कतिसम्म भने राजा महेन्द्रले हिक्मतसिंह भण्डारीमार्फत पुष्पलाल तयार हुन्छन् भने प्रधानमन्त्री बनाउने सन्देश पठाएका थिए । तर उहाँले राजतन्त्रविरु’द्ध लडेकाले भेट्न पनि तयार हुनुभएन ।”

अहिले कम्युनिस्ट पार्टीको नाममा लुटीखाने राजनीति चलेको आ’रोप पनि उनले लगाए । ज्ञवालीले भने, “राजनीति व्यक्तिगत स्वार्थ लिप्सा पूरा गर्ने माध्यम होइन । राजनीति देश र जनताको सेवाका लागि हो ।

तर यहाँ राजनीतिलाई उद्योग, व्यापार ठेक्कापट्टा लिने प्रवृत्ति छ । जोसित पनि मिल्ने, एकले अर्कालाई सिध्याउने र कम्युनिस्टको नाममा लु’टीखा’ने माध्यम बनाइएको छ । निजी स्वार्थ र महत्त्वाकांक्षाका कारण फुट र विभाजन भइरहेका छन् ।”

एकथरी कम्युनिस्ट अर्को कम्युनिस्टलाई सिध्याउनमा लागिरहेकाले वाम एकताको सम्भावना टरेको पनि ज्ञवालीले औंल्याए । उनले थपे, “एक ठाम एक वाम सैद्धान्तिक रुपमा सही कुरा भयो ।

तर यहाँ एकथरी कम्युनिस्ट अर्को कम्युनिस्टलाई सि’ध्याउनमा लागिरहेका छन् । नेकपा एमालेलाई सिध्याउन कांग्रेसलाई काँधमा बो’केर हिँड्नु ख’तरानाक कुरा हो । कांग्रेससँगको गठबन्धन नटुटाईकन वाम सहकार्यको सम्भावना देखिन्न ।”