बिहे गरेको तीन महिनासम्मपनि श्रीमानले यौन सम्वन्ध नराखेको उजुरी लिएर एक महिला अदालत पुगिन्

काठमाडौं । बिहे गरेको तीन महिनापछि एक युवतीले श्रीमानविरुद्ध उजुरी दिएकी छिन् ।

भारत, मध्य प्रदेशको इन्दौर जिल्लाको महिला प्रहरी चौकीमा श्रीमान् र ससुरा विरुद्ध उजुरी दिएकी हुन् ।

आफू ठगीएको उनको भनाइ छ । उनका अनुसार हनिमुनमा श्रीमानले केही गरेनन् ।

हनिमुनमा पनि टाढै बसेपछि उनी प्रहरीकहाँ जानु परेको हो । आफू कमजोर भएको भन्दै उनले यौन सम्बन्ध कायम नगरेको ती महिलाले आरोप लगाइन् ।

प्रहरीका अनुसार नेहरू नगर क्षेत्रमा बस्ने नवविवाहित दुलहीले मुम्बई निवासी पति भूपेन्द्र, सासु शिल्पा, नन्द मेघना र निखिलविरुद्ध पनि दाइजो उत्पीडनको मुद्दा दर्ता गरेकी छिन् ।

विषय अदालत पुगेको छ । पीडितले २०२२ को फेब्रुअरीमा विवाह गरेको बताइन् ।

ससुराले बिहेको एक दिन अगाडि ८ लाख नगद र ५ तोला सुन मागेका थिए । परिवारका सदस्यले उनीहरुको माग पूरा गरे र विवाह गर्दिए । विवाहपछि उनी मुम्बईमा ससुराको घर पुगिन् ।

करिब एक साता त्यहाँ बसेको पनि उनले बताएकी छिन् । त्यस क्रममा श्रीमान् भूपेन्द्रसँग एक दिन पनि शारीरिक सम्बन्ध कायम भएन । हनिमुनमा गोवा गइन्, त्यहाँ पनि उनका श्रीमान टाढा–टाढा बस्न थाले ।

महिलाले भनिन्, ‘मैले यौन सम्बन्ध किन नराखेको भनेर आपत्ति जनाउँदा श्रीमानले आफूलाई धेरै रोग लागेको बताए ।

उनी शारीरिक रुपमा कमजोर छन् । औषधि खाँदैछन् । जसकारण सम्बन्ध बनाउन सक्दैनन् ।’ पीडित महिलाका अनुसार पछि ससुराली पुगेपछि ससुराले १६ लाख रुपैयाँ मागेर झगडा गर्न थाले ।

त्यसपछि उनी इन्दौर गइन् । त्यहाँ परिवारका सदस्यहरूलाई सबै कुरा बताएपछि मुद्दा दर्ता भएको हो । प्रहरीले आरोपीविरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान सकेर अदालतमा पेश गरेको छ । उनी अदालतको फैसला पर्खिएर बसेकी छिन् ।