अनमोललाई आँफुसँग फिल्म खेलिदिन भनिदिनुहोस् न भन्दै भुवनलाई गुहार्न पुगिन् आँचल

काठमाडौँ :

विबाहपछि धेरै नायिकाहरु अभिनय यात्रामा बिट मारेर पतिको काम या गृहस्तिमा फस्छन् । बाल बच्चा जन्माउन तिर, हुर्काउन तिर व्यस्त हुँदा अभिनयमा समय दिन पाउँदैनन् ।

तर नायिका आँचल शर्माले भने विबाहको लामो समयसम्म पनि अभिनयमा नै निरन्तरता दिने लक्षण देखाइरहेकी छिन् । त्यसैले आँचल शीर्ष भूमिका रहने व्इानर र फिल्मको खोजीमा छिन् । हाल उनी ‘वर एण्ड वधु’को छायांकनमा व्यस्त हुने तरखरमा छिन् ।

आफ्नो करिअरका लागि हिट फिल्मको खोजीमा रहेकी आँचलले अनमोल केसीको साथ खोजीरहेकी छिन् । आँचलले अनमोललाई फिल्ममा खेल्ने अफर लिएर भुवन केसी समक्ष पुगिन्। तर भुवनले उक्त फिल्ममा अनमोल खेल्ने नखेल्नै निधो नभएको प्रतिक्रिया दिएपछि आँचल तनावमा आएकी छिन् ।

अनमोललाई फिल्ममा खेल्ने अफर लिएर भुवन केसी समक्ष पुगेकी आँचललाई भुवनले अनमोलले ‘वर एण्ड वधु’मा काम गर्ने नगर्ने विषयमा निचोडको जवाफ नदिई घुमाउरो पारामा आफ्नो होम प्रोडक्सनको ब्यानर द सुपर काजल फिल्मस् मार्फत निर्माण गर्न लागेको फिल्म लगानी अनुरोध गरेपछि आँचललाई झनै झड्का नै लाग्यो ।

भुवनले ‘पारस’मा लगानी गर्न भनेपनि आँचलको अनुहारमा खुशी देखिएन । अनमोलसँग काम गरेर राम्रो चर्चा कमाउन खोजेकी सुन्दरी आँचलको शीर्ष भूमिका रहने ‘वर एण्ड वधु’को छायांकन रोमानियाबाट सुरु हुने निर्माण यूनिटले जनाएको छ । जसको निर्देशक हुन् मिलन चाम्स । निर्माण यूनिट सहितको टोली रोमानिया पुगिसकेको छ।