अर्थमन्त्री जेल जानुपर्छः राजन भट्टाराई

काठमाडौं । नेकपा एमालेका नेता राजन भट्टाराईले अर्थमन्त्री जनार्दन शर्मा जेल जान सक्ने बताएका छन्।

छानबिन समितिले अर्थमन्त्रीको सत्य तथ्य बाहिर ल्याउँने र बजेट निर्माणमा बाह्य मान्छेको प्रवेश गरेकोले प्रमाण नष्ट गर्ने खोजेकोले बढी विवादमा तानिएको बताएका छन् ।

आफुहरुले पाएको सुचना जुन ढंगबाट चलखेल भएकोले उचित छानबिन गरी दोषी माथी कार्वाही हुनुपर्ने र बजेट निर्माणमा चलखेल गरेर ठुलो अपराध गरेको उनको भनाई छ ।

कुन किसिमको अपराध गरेको छन्, कानुनले भने अनुसार सजाय हुने ‘सिसिटिभी फुटेज’ हटाउनेलाई ‘डिजिटलाइजेशन’ सम्बनधी कानुनले जे भन्छ त्यही अनुसार जो भए जुन पदमा भए पनि जेल जानु पर्ने बताए ।

उनले भने– ‘अरु जो सुकै होस् जुन सुकै पदमा होस् । कानुन भन्दा माथी कोही पनि छैन र हुनु नि हुदैन । जो भए पनि जेल जानु पर्छ । सजाय पाउनु पर्छ । जे सजाय कानुनले तोक्छ तोकिएको सजाय पाउँनु पर्छ । त्यसको लागि बापत त्यो दोषी ठहरिएको व्यक्तिले सजाय पाउँनु पर्छ ।

आफुहरुले चाहेको भए पहिलानै सरकार ढल्ने तर अहिले सरकार ढाल्ने पक्षमा नभएको र अहिलेको सरकारले एउटा बिल नि पास गर्न नसकेको उनले बताए ।

नेपालको परराष्ट्र नीति असंलग्न भएको र सानो ठुलो मित्र राष्ट्रलाई नेपाली भु–भाग प्रयोग गर्ने नदिने उनको भनाई ।

नेकपा एमाले चुनावमा एक्लै जाने कुनै हालतमा पनि प्रचण्ड र माधव नेपालसँग गठबन्धन नगरी जाने र व्यक्ति र पार्टी हेरेर चलेकोले अहिले धेरै मुलुक बिग्रेकोले अब सुधार ल्याउनु पर्ने बताएका छन् ।