मलाई टिकट दिनुहुन्छ कि ७ करोड दिने व्यापारीलाई ? – केपी ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई युवाहरुले शिक्षा, स्वास्थ्य, सञ्चार, न्याय खेलकुद, यातायात र राजनीतिका साथै विभिन्न समसामयिक विषयका समस्या समाधान गर्ने उपायबारे प्रश्न गरेका छन् । साथै उनीहरुले राज्यले नागरिकमाथि गर्ने व्यवहारको व्यवहारमाथि पनि प्रश्न गरेका छन् । तीमध्ये रुपन्देहीका २० वर्षे युवा सरोज भट्टराईले नेपाली राजनीतिमा राजनीतिक दल र नेताहरुले चुनावमा टिकट वितरणमा हुने आर्थिक चलखेलसम्बन्धी प्रश्न गरेका छन् ।

बुधबार ललितपुरमा भएको ‘युवासँग म’ विषयक अन्तरक्रियामा भट्टराई तीन विधामा प्रश्न गर्दै ओलीलाई सोधे, ‘३५ वर्षमा प्रधानमन्त्री बन्ने मार्ग खुला हुनेछ कि छैन ? न्यायाधीश बन्न पार्टीको झोला बोक्नुपर्छ कि पढ्नुपर्छ ?