वडा अध्यक्षमा दिपेन सिम्खडाको स्वतन्त्र उम्मेदवारीको घोषणा सँगै मच्चियो खैलाबैला

नुवाकोट – जिल्लाको म्यागङ गाउँपालिका वडा नं -१ को वडा अध्यक्ष पदका लागि दिपेन सिम्खडाले स्वतन्त्र रूपमा उम्मेदवारी दिने घोषणा गरेका छन् । लामो समय देखि मिडियाकर्मि तथा ग्रामीण पोस्ट अन्लाईन न्युजका डाइरेक्टर समेत रहेका सिम्खडाले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन । लामो समयको स्वतन्त्र पत्रकारिता गरेका सिम्खडाले यो घोषणा गरेसंगै स्थानिय तहमा खैलाबैला मच्चिएको छ ।

उनले आफ्नो उम्मेदवारी घोषणा गर्दै सामाजिक संजालमा लेखेका छन् ;”परिस्थितिले आसुको होइन आवेग र प्रतिरोधको माग गरिरहेको छ । तर हामी बिचार र भावनालाइ मिसमास गरेर खिचडी पकाइरहेछौ ।

प्रिय् युवासाथीहरु हो यो बेला खिचडी पकाएर अर्काको गुलाम गर्ने बेला होईन,नेतृत्व लिन तयार हुनुस र नेतृत्व गर्ने साहस लिएर स्वतन्त्र अभियानमा जोडिनुस ।भ्रष्टहरुलाई गाउँ गाउँ बाट खेदौ अब पनि नबोले अब पनि नलडे सधै गुलाम बाहेक हामी केही गर्न सक्दैन ।उठौ युवा हो जुटौं ।

युवाहरुको रगत रातो मात्रै होईन तातो पनि हुन्छ,यहि तातो र रातो रगतलाई एक पटक यो देशको ब्यवस्था बदल्नको निम्ति प्रयोग गरौं ।हामी सधै सफल हुनेछौं । अहिलेको राजनीतिक दल प्रतिको बितृणाको विकल्प जनमनको भावनालाई कदर गर्दै म्यागङ गाउँ पालिका वडा नं.१ मा वडा अध्यक्षमा मेरो पनि स्वतन्त्र उम्मेद्बारी रहने सहर्ष जानकारी गाराउन चाहन्छु ।”

राजनैतिक चेतना भएका सिम्खडाले वडा अध्यक्षमा स्वतन्त्र दाबी गरेसंगै स्थानिय तहका अरु अध्यक्ष दाबेदारहरुको खुट्टा काँपेको छ । युवा नेताको रुपमा पनि आफ्नै छवि बनाएका सिम्खडालाई युवा विद्यार्थीहरु सकेको सहयोग गर्ने देखिन्छ ।

सिद्वान्त र आदर्शको राजनीति गर्ने केही अग्रज नेताहरु पनि सिम्खडाको विषयमा सकारात्मक रहेको कुरा पनि सार्वजनिक भएको छ ।