दुई छोरा र श्रीमानलाई छोडेर सीताले गरिन देहत्याग

बाँके :

कोहलपुरमा एक युवतीले बि’ष से’व’न गरिन देहत्याग गरेकी छन् । आज दिउसो करिव १ बजे तिर उनले बि’ष से’व’न गरेर देहत्याग गरेकी हुन् । जन्म दैलेख चौराठा भै हाल बाँकेको कोहलपुर मेडिकल कलेज पछाडी पन्चराम नर्सरी नजिकै निवासी मनिष शाहीसंग बिवाह गरेकी सिता साहीले देहत्याग गरेकी हुन् ।

कोहलपुर लक्ष्य सहकारी संस्थामा कार्यरत सीताले २८ बर्षको उमेरमा यो निर्णय लिंदा आफ्ना आफन्त साथीभाई र सिंगो गाउँ सोकमा डु’बेको छ । सहकारी पैसा जम्मा गर्न जान्छु भनि हिंडेकी सीताले पैसा जम्मा गरेर, सहकारिमा भोक लागेको छ म खाना खान जान्छु भनेर निसेकी थिइन् ।

उनले सहकारीबाट निस्केको केहि बेरमै मैले बि’ष खा’ए नि भन्दै हास्दै आफ्नी बहिनि लक्ष्मी भएको ठाउँमा पुगेकी थिइन् । बहिनीले सुरुमा त पत्याइनन् पछि सीताले बताएपछि तुरुन्तै पिपिरी स्थित कौसिल्या अस्पतालमा लागेकी थिइन् । त्यहाँ उपचार नहुने भएपछि रिक्सामा हालेर उनलाई कोहलपुर मेडिकल कलेजमा बहिनि लक्ष्मीले नि पुर्याएकी थिइन ।

कोहलपुर मेडिकल कलेजको इमर्जेन्सीमा भर्ना गर्दा समेत उनले मुटु दुख्यो, पोल्यो पेट पो’ल्यो भन्दै छ’टप’टीएकि थिइन् तर उनलाई आइसीयुमा पुर्याउंदा उनको मृत्यु भएको थियो ।

उनले के कति कारणले यो निर्णय लिन पुगिन त्यो अहिले खुलेको छैन । उनका २ छोरा रहेका छन् । उनको शव अहिले कोहलपुर मेडिकल कलेजमा राखिएको छ भोलि दाहसंस्कार गरिने परिवार श्रोतले बताएको छ ।