पोखरामा पछी हट्यो कांग्रेस, छोड्यो पोखरा महानगरमा दाबी

काठमाडौँ – गठबन्धन गरेर स्थानिय निर्वाचनमा जाने भएपछी यातिबेला भागबण्डाको कुरा चलिरहेको छ । पार्टीको हैसियत हेरे सबैले आआफ्नो ठाउँमा दाबी गरिरहेका छन् ।

नेपाली काँग्रेसले पोखरा महानगरपालिकामा पार्टीको दाबी छाडेको छ । सभापति शेरबहादुर देउवाले बालुवाटारमा गण्डकी प्रदेशबाट आएका नेताहरूसँगको छलफलपछि नेकपा एकीकृत समाजवादी पार्टीलाई नै पोखरा महानगर छाड्ने सहमति जुटेको हो ।

देउवासँग छलफलका लागि कास्कीका जिल्ला सभापति किशोरदत्त बराल, गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा र पूर्वमन्त्री कानुनमन्त्री यज्ञ थापा मंगलबार काठमाडौं आएका थिए । सो क्रममा उनीहरुले पोखराको समग्र अवस्थाका विषयमा सभापतिलाईतर, देउवाले भागबण्डाका क्रममा समाजवादीलाई पोखरा दिनुपर्ने बाध्यता सुनाएपछि उनीहरु पोखरा छाड्न सहमत भएको बताइएको छ । जिल्ला सभापति बरालले सभापति देउवाले वर्तमान परिस्थितिको बाध्यता सुनाएपछि आफूहरु समाजवादीलाई नै महानगर छाड्ने बुझाइका साथ बालुवाटारबाट बाहिरिएको जानकारी दिए ।