पल शाह प्रकरणमा नयाँ मोड नाबालिकाका बाबुले पनि फेरे बयान- ‘दिए यस्तो बयान ‘

काठमाडौं ।

अभिनेता कलाकार पल शाहमाथि ज’ब’र्ज’स्ती कर णीको आरोपमा जाहेरी दिने नाबालिकाका बाबुले पनि बयान फेरेका छन् । जिल्ला अदालत तनहुँमा बकपत्र गर्ने क्रममा उनले मंगलबार सुरुमा आफूले जाहेरी दिएको तर पछि बुझ्दै जादा त्यो कुरा यथार्थ नभएको भनी बकपत्र गरेका बुझाएका छन ।

नयाँ मोड लिएको छ । पीडित भनिएकी नाबालिगले अदालतमा बकपत्रमा बयान दिँदा आफूलाई पल शाहले बलात्कार नगरेको भनी बयान दिएपछी उनका बाबुले पनि बयान फेरेका छन् । जाहेरी मैले नै दिएको हुँ, सबै विवरण मैले लेखेको हो, त्यसमा शंका छैन,’ पीडितका बाबुको बकपत्र उधृत गर्दै स्रोतले भन्यो, ‘अहिले बुझ्दै जाँदा यथार्थ विवरण थाहा भयो । घटना भएको भनिए पनि त्यस्तो केही होइन रहेछ ।’

पीडितका बाबुले नजिकका मानिसहरुसँगको कुराकानीका क्रममा बयान फेर्ने संकेत गरेका थिए । ‘त्यो केटालाई १२ वर्ष थुनाएर हामीले के पाउछौं र भनेर उहाँले बारम्बार भन्नुभएको थियो,’ अदालत स्रोतले भन्यो, ‘कसैलाई दुःख दिएर हामीलाई शान्ति हुँदैन भनिरहेका थिए ।

पीडित बालिकाले अदालतमा बयानका क्रममा आफूमाथि बलात्कार नभएको दावी गरे पनि बलात्कारको आरोप पुष्टि हुने प्रमाणहरु मुद्दामा समावेश गरिएको छ । पीडितका बाबुले नै छोरीले आफूमाथि ब’ला’त्का’र भएको भनी आफूलाई बताएको भनी जाहेरीमा खुलाएका छन् । तनहुँको घटना नियालिरहेका महान्यायाधीवक्ता कार्यालयका एक सरकारी वकिलका अनुसार, ब’ला’त्कार आरोपका प्रमाणहरुमध्ये एउटा प्रमाण मात्रै असफल भएको हो ।