लोसपा वरिष्ठ नेता महतोको फेसबुक ह्याक, भयो यस्तोसम्म !

काठमाडौं। लोकतन्त्रिक समाजवादी पार्टी (लोसपा)  का वरिष्ठ नेता राजेन्द्र महतोको फेसबुक ह्याक भएको छ ।आफ्नो फेसबुक ह्याक गरेर कसैले अनावश्यक कुरा लेखिदिएको महतोले बताएका हुन् ।

महतोले पार्टी छाडेको आशयसहितको फेसबुकको स्क्रिन सट सामाजिक सञ्जालमा भाइरल भएपछि महतोले सो कुरा बताएका हुन् । उनले दोषीलाई कारबाहीको माग समेत गरेका छन् ।

उनको फेसबुकमा लोसपाबाट विश्राम लिएको लेखिएको थियो । उक्त कुरामा विश्वास नगर्न पनि महतोले उल्लेख गरेका छन् । ह्याकर को हो भनेर पत्ता अहिलेसम्म लागेको छैन । अनुसन्धान चलिरहेको छ ।

ह्याक भएको हो या होइन या महतोले आवेशमा आएर उक्त पोस्ट गरेको कुरा अझै खुलेको छैन।