पीडितले बयान फेरेपछि पूजाले भनिन्, ‘धन्यवाद भगवान्

काठमाडौँ – अभिनेता पल शाह बलात्कार प्रकरणमा नयाँ ट्वीस्ट आएको छ । अभिनेता शाहमाथि बलात्कारको आरोप लगाउने नाबालिगले आफ्नो बयान फेरेकी छन् । बयान फेरेपछि पल शाहको जीवनमा केही राहत मिलेको छ ।

आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र गर्दा उनले जाहेरी विपरीत बयान दिएकी हुन् । कानुन व्यवसायीका अनुसार पीडित गायिकाले ‘जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको र उक्साहटमा परेर जाहेरी दिएको जिकिर गरेकी छिन् ।’

पीडितले नै बयान फेरेपछि अभिनेत्री पूजा शर्माले सामाजिक सञ्जालमा लेख्दै भगवानलाई धन्यवाद दिएकी छन् । शर्माले यस प्रकरणको सुरुवातदेखि पल शाहलाई साथ दिँदै आएकी थिइन् । पल संगै पूजालाई पनि राहत मिलेको जस्त्यो देखिएको छ । तर अझै पीडित भनिएकी बालिकाको बुबाले भने जायरीको पक्षमा नै बयान दिने भएका छन्।