पानी खाने बहानामा ६ कक्षामा पढ्ने विद्यार्थीको घरमै पुगेर शिक्षकले गरेका थिए यौ न दुब्र्यवहार !

काठमाडौ । आरोपीलाई पक्राउ गर्न जाँदा भएको उग्र रुपमा एक प्रहरी महिलाले ज्यान गुमाइन् । अन्य दुई दर्जन प्रहरी घाइते छन् । प्रहरीकै ज्यान जाने गरी भएको सो घटना पछि अहिले मोरङको लेटाङमा सोमवार विहानै देखि ब्यापक सर्च अपरेसन चलाएको छ । आइतवार भएको घटनामा एक प्रहरी महिलाको मृत्यु भएको थियो भने दुई दर्जन बढी सुरक्षाकर्मी घाइते भएका छन् । घाइते मध्य केहीको अवस्था गम्भिर छ ।

स्थानिय प्रशासनले मोरङको लेटाङ–५, खेरूवा वरपरको क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अर्को आदेश जारी नहुन्जेलसम्मका लागि कर्फ्यू लगाइएको छ।
प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले लेटाङको वडा ३ र ४ को पश्चिम एरिया गंगे चोक र कमलपुर क्षेत्र, ५ नम्बर वडाको सबै क्षेत्र, उत्तरमा लेटाङको ६ नम्बर वडा कार्यालय क्षेत्र, पूर्वमा मोरंङे खोला क्षेत्र, पश्चिममा चिसाङ खोला क्षेत्रमा कर्फ्यू लगाएको जानकारी दिए।

यसै क्रममा आइतबारको घटनामा संलग्न रहेको भन्दै प्रहरीले सोमबार बिहान खेरूवाबाट ५ जनालाई पक्राउ गरेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए। अन्यको पनि खोजी जारी राखेको उनले बताए ।

खेरूवास्थित शिक्षा विकास माविका एक शिक्षकले आफ्नै स्कुलकी एक बालिकालाई यौ न दुर्व्यवहार प्रयास गरेको विषयमा आइतबार भएको सर्वपक्षीय छलफलमा आ क्रो शित भिडको आ क्रम णमा परेर महिला प्रहरी उर्मिला श्रेष्ठको निधन भएको हो ।

लेटाङ ५ का वडाध्यक्ष भीमसूर्य मगरले दिएको जानकारी अनुसार स्थानीय शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले सोही विद्यालयमा पढ्ने एक छात्रामाथि उनको घरमै पुगेर त्यस्तो ब्यवहार गरेका थिए । विहानै देखि स्थानिय र विद्यार्थी शिक्षक विरुद्ध आन्दोलनमा उत्रिएका थिए । छलफल गर्न बसेका जनप्रतिनिधि र ति शिक्षकलाई आक्रोशित विद्यार्थी र स्थानीयले कोठामै थुनेर प्रदर्शन गरेका थिए । उनीहरुलाई राखेको कोठामा आगजनीको प्रयास गरेपछि प्रहरी पुगेको थियो । प्रहरीले शिक्षकलाई नियन्त्रणमा लिने प्रयास गर्दा स्थानियले ति शिक्षकलाई प्रहरीले जागाउन लागेको भन्ने ठाने ।

दिउँसो एक बजेतिर विद्यालयमा पुगेको प्रहरी टोलीले शिक्षकलाई नियन्त्रणमा लियो । तर स्थानियले ति शिक्षकलाई आफ्नो हवाला गर्न भने । उनीहरुले ति शिक्षकलाई कालो मोसो दलेर बजार घुमाउने माग राखे । तर प्रहरीले त्यसो गर्न नमिल्ने भन्दै शिक्षक जिम्मा लगाउन मानेन । त्यसपछि आ क्रो शित स्थानिय प्रहरी माथि नै जाइलागे ।

चैत ४ गने तराईमा होली थियो । सो दिन ती शिक्षक छात्राको घरमा पुगेका थिए। घरमा पुग्ने बित्तिकै उनले विद्यार्थीसँग पानी मागेका थिए। पानी ल्याएर दिने क्रममा ती शिक्षकले आफूमाथि दु र्व्य वहार गरेको छात्राले बताएकी छन्।

‘गएको तिहारदेखि यता ति शिक्षक पटक–पटक ति किशोरीको घरमा बहाना बनाउँदै जाने र दुब्र्य वहार गर्ने गरेको किशोरीको भनाई छ । वडा नम्बर ५ का अध्यक्ष मगरले घटनाबारे आफुहरुले थाहा पाएपछि आफुहरुले प्रहरी बोलाएको बताए । तर स्थानियको गलत बुझाइका कारण अप्रिय घटना भएको उनको भनाई छ ।