छोरी आयांकाको स्याहार सुसारमा रहेकै बेला सुत्केरी प्रियंका प्रहरी चौकी धाउन बाध्य

नेपाली सिनेजगतकी चर्चित नायिका प्रियंका कार्कीलाई ठुलै आपत आइलागेको छ । छोरी आयांकाको स्याहार सुसारमा रहेकै बेला अभिनेत्री माथी गंभीर आरोप लागेको छ । प्रहरीले उनलाई नेपालमा अबैद्य मानिएको भर्चुअल मुद्रा क्रिप्टोकरेन्सी कारोबार गरेको हुनसक्ने आशंकामा अनुसन्धानका लागि प्रहरीको केन्द्रिय अनुषन्धान ब्युरोले बोलाएको थियो ।
क्रिप्टोकरेन्सी कारोबार गरेको हुनसक्ने आशंकामा अनुसन्धानका लागि उनको मोबाइल जफत गरिएको छ । क्रिप्टोकरेन्सी कारोबार हुने एक एप्लिकेसनमा उनको तस्वीर देखे पछि प्रहरीले अभिनेत्री कार्की पनि कारोबारमा संलग्न भए नभएको बारे अनुषन्धान गर्न बोलाइएको ब्यूरोका प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए ।

अभिनेत्री कार्कीले ब्युरो समक्ष आफूले क्रिप्टोकरेन्सीको कुनै पनि कारोबार नगरेको प्रष्टिकरण दिएकी थिइन् । क्रिप्टोकरेन्सीको एउटा एप्समा बिज्ञापनमा आफ्नो तस्बीर आएको प्रति नायिकाले अचम्म मान्दै आफ्नो फोटोको दुरुपयोग भएको दाबी गरेकी थिईन् । अभिनेत्री कार्कीले त अझ बिज्ञापनमा आफ्नो तस्बीरको गलत प्रयोग भएको भन्दै कारबाही गरि पाउँ भनि उल्टो निबेदन दिएर आएकी छिन्

। तर अनुसन्धानमा संलग्न एक अधिकृतले कार्कीले अवैध मुद्राको कारोबार गरे नगरेको यकिन नभएकोले अनुसन्धानका लागि मोबाइल नियन्त्रणमा लिइएको बताए । कारोबार भएको छ कि छैन डिजिटल जाँच हुने गरी मोबाइल नियन्त्रणमा लिएको ब्युरोले जनाएको छ । । उनलाई आवश्यकता परेको बेला हाजिर हुने गरी छोडिएको प्रहरीले जनाएको छ ।